झुम्रेखोलामा आएको बाढीबाट ठुलो क्षेती

बद्री पन्त
जाजरकोट, ३० श्रावन ।
गएरातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको नलगाड नगरपालिमा पर्ने झुम्रे खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ । बाढीले स्थानीयका ४ घर, ५ वटा घुम्ती पसल, ४ वटा मिल, ६० वटा घट्ट, २ वटा ट्रस व्रिज र सायौं रोपनी खेत बगाएको हो । गएरातीदेखि आएको बाढीले नलगाड–नलगाड ४ ओरखेलका जनकबहादुर चन्द, घुवारका शिवराज रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशी विष्टको घर बगाएको छ । बाढीले रावलको केही चौपाया समेत बगाएको छ ।

तस्वीरहरु सामाजिक संजालबाट ।

त्यस्तै बाढीले घुवारास्थित नलगाड ३ र ४ जोड्ने तथा कालीमाटीस्थित वडा नं २ र ५ जोड्ने ट्रस व्रिज पनि बगाएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विक सहित ४ वटा मिल बगाएको छ । खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी खेत बगाएको छ ।


बाढीले नलगाडमा करोडौंको क्षेती गरेको पनि नगरप्रमुख रावलले उल्लेख गरे । खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगाएत स्थान तर्फको आवतजावत पुर्णरुपमा बन्द भएको छ । नगरप्रमुख रावलले सर्वसाधारणलाई बाढीले थप क्षेती गर्न सक्ने भएकोले सर्तक रहन पनि आग्रह गरेका छन ।
यस्तै बाढीले खोला आसपासमा पर्ने कैनदेखि कालीमाटीसम्मका सयौ मुरीका खेतहरु बनाएको लबकुश ओलीले बताए । बाढीले अहिले पनि खेतहरू कटान गरिरहेको बताए ।


प्रहरीले अहिले क्षतिको विवरण संकलन गरिरहेकोले कति क्षति भयो भन्नेबारे अझै एकीन भइनसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्र सिंहले बताए। बाढीको कारण खोला छेउछाउका बासिन्दा त्रसित बनेका छन । जथाभावी डोजर प्रयोग गरेर बाटो खन्दा बाढी आएको स्थानीयवासीको भनाई छ । बाढी आएको खोलाको सहायक खोला नलगाड ३ स्थित भदाले खोला केही बेरअघि माथिबाट आएको डिस्कोले थुनिएको छ । यदि उक्त स्थान फुटेमा तलतिरको क्षेत्रमा थप क्षति हुन सक्ने स्थानियवासीको भनाई छ ।

प्रकाशित मितिः ३० श्रावण २०७५, बुधबार ११:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *