बाढीले पुल बगाउँदा विद्यालय बन्द

बद्री पन्त
जाजरकोट ६, भदौ
गएको साउन २९ गते जाजरकोटको नलगाड नगरपालिका स्थित झुमरा खोलामा आएको बाढीले पुल बगाएपछि विद्यार्थी पढाईबाट बन्चित भएका छन् । बाढीले नलगाडका मुख्य स्थान तथा साहयक स्थानका पुल बगाउदा वडा १, २, ३, ४, ५, र ६ का एक हजार विद्यार्थी पढाई बन्चित भएका हुन् ।
बाढीले घुवारा तिमीलेचौर ट्रस व्रिज, छेप्का कालीमाटी ट्रस व्रिजका, गराग्ली खोला ट्रस व्रिज साथै साङ्ट, हम्का सिस्नेरी, पिउली, भेरी खोला, सिर्के, करुवा खोला लगाएत २ दर्जन काठे पुल तथा खोलाका लाप्का बगाउदा नर्सरी देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीले विद्यालय जान पाएका छैनन् । नलगाड १ चिउरी, पाली, कल्पत, २ को डाडागाउ, छेप्का, ३ को कैना, चाउलेचौर, करुवा, कट्के, ६ को भारगाउँ, गराग्ली, पिउली, लहँ, थाप्ला, ऐरारी लविसा, पाखरा, मुली, सिर्के लगाएत गाउका विद्यार्थीले ९ दिनदेखि विद्यालय जान नपाएको सुर्योदय माद्यामिक विद्यालय नलगाड ३ कैनाका शिक्ष नरबहादुर शाहीले बताउनु भयो ।

एक साता देखि बन्द रहेको नलगाड नगरपालिका ७, त्रिभुवन मावि दल्ली । तस्वीर बद्री पन्त

झुमरा खोला वारपार छ । खोलामा तत्काल पुल बनाउने अवस्था पनि छैन । खोलामा भएका सबै पुल बगाउदा बालबालिकाहरु विद्यालय जाने आउने सबै बाटाहरु बन्द भएपछि विद्यालय नै बन्द गर्नु पर्ने अबस्था आएको जनता प्राथामिक विद्यालय नलगाड ४ पिपलचौरका प्रधानाध्यापक बलबहादुर रावलले बताउनु भयो ।
खोलाले पुल बगाएपछि क्रेटिभ इङ्गलिस मिडियम स्कुल दल्ली, जनकल्याण आधारभुत विद्यालय सेराखेत, जनता प्राथमिक विद्यालय पिपलचौर, सुर्योदय मावि कैना र त्रिभुवन मावि दल्ली, जुनीबाल संरक्षण मावि सिर्के, कालिका आधारभुत विद्यालय गर्छीना, जनप्रिय प्रावि पिउली लगाएत डेढ दर्जन विद्यालयमा अध्ययनरत विद्यार्थी पढाईबाट बन्चित भएका हुन् ।
स्कुलसम्म पुग्ने बाटो नभएपछि ८ दिन यता विद्यालय जान नपाएको मावि कैनामा ९ कक्षामा अध्ययनरत विद्यार्थी राजेन्द्र वलीले बताउनु भयो । बर्षात नहटेसम्म विद्यालय जान नपाईने अवस्था आएको वलीको भनाई छ ।
पुल बगाएपछि विद्यार्थी मात्र हैन, बारेकोट गाउपालिका, डोल्पा, जुम्ला लगाएत क्षेत्रतर्फ जाने यात्रुलाई समेत समस्या भएको छ । त्यस्तै बाटो नहुदा बाढीपहिरो प्रभावित क्षेत्रमा दैनिक उपभोग्य बस्तु आपुर्ती गर्न थप समस्या भएको छ । आवजावत गर्ने बाटो तथा पुल नहुदा झुम्रा खोला आसपासका मानिसहरुले भेटेर हैन फोन मार्फत संम्बाद गरेर समस्या समाधान गर्ने गरेका छन । खोलामा अहिले पनि बाढी आउने क्रम रोकिएको छैन । नदि आसपासको क्षेमा कटान तिव्र पारीरहेको छ ।

प्रकाशित मितिः ६ भाद्र २०७५, बुधबार ०६:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *