काँग्रेस बलियो बनाउने दायित्व कार्यकर्ताको काँधमा -काँग्रेस नेता शाही

जाजरकोट, ७ भदौ ।
नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले संगठन बलियो बनाउने दायित्व अब कार्यकर्ताको काँधमा आएको बताउनु भएको छ ।
जाजरकोटमा भएको अगुवा कार्यकर्ता भेलामा उहाँले आपसी मतभेदलाई त्यागेर संगठन विस्तारमा जुटन कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीलाई बलियो बनाउने दायित्व अव तपाईहरुको काँधमा आएको छ, उहाँले भन्नुभयो, संगठन विस्तारको अभियान लिएर गाउँ जानुहोस् ।


समान हैसियतमा रहेका दुई ठुला पार्टी मिल्दा चुनावमा काँग्रेसले पराजय भोग्नु परेको उल्लेख गदै उहाँले निरास नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शाहीले यस प्रदेशमा भएका समस्यालाई काँग्रेसले बारम्वर सदनमार्फत सरकारको ध्यानाकर्षण गरारहेको चर्चा गर्नुभयो ।  चाहे प्रदेश सभामा होस् वा प्रतिनिधी सभामा संख्यामा हामी कम भएपनि जनताको हक अधिकारको लागि काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको उहाँले भन्नुभयो । काँग्रेसका केन्द्रीय सदस्य शाहीले पार्टी बलियो भए मात्र लोकतन्त्र पनि मजवुद हुने दावी गर्नुभयो ।


बहुमतको बलमा बर्तमान सरकारले जथाभवी गर्न खोजेको आरोप लगाउदै पूर्वमन्त्री समेत रहनु भएका शाहीले सरकारका जनविरोधी क्रियाकलापको भण्डाफोर गर्न पनि कार्यकर्तालाई सुझाव दिनुभयो ।


कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका पूर्व सभापति सनतकुमार कार्कीले केन्द्रीय तहबाटै संगठन सुदृढिकरणको अभियान थाल्नु पर्ने बताउँनु भयो ।

जाजरकोटमा काँग्रेस कमजोर नरहेको उल्लेख गदै उहाँले अव संगठनलाई क्रियाशिल बनाएर अघि बढ्ने बताउँनु भयो ।

नेपाली काँग्रेस सुर्खेतका उपसभापति टेकबहादुर सिंहले पाटीभित्रको गुटवन्दी अत्यको लागि कार्यकर्ताले दवाव दिनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा काँग्रेसका कोषाध्यक्ष तेजविक्रम शाह, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, जिल्ला कार्यसमितिका सदस्य सुरेश कार्की, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजेन्द्र कार्की, वडाध्यक्ष खम्वजंग शाह, शिक्षक संघका नेता जनककुमार सिह, टे«ड युनियन काँग्रेसका अध्यक्ष बिर्खबहादुर कार्की लगायतले जनताको हकअधिकारको लागि काँग्रेसले सडक र सदनबाट दवाव सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम पार्टी सचिव भुमिलाल रोकायको सभापत्विमा भएको हो ।

प्रकाशित मितिः ७ भाद्र २०७५, बिहीबार ०६:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *