काँग्रेस पार्टी सभापति दिपकजंग शाहको पार्टीलाई भवन चिनो

माया पन्त
जाजरकोट २७, भदौ
नेपाली का“गे्रस जाजरकोटले विपी÷गणेशमान स्मृति भवन निर्माण गरेको छ । का“ग्रेसले भेरी नगरपालिका ३, थाप्लेमा पार्टी कार्यालय संचालन गर्ने गरी सुविधा सम्पन्न भवन बनाएको हो ।


पार्टी सभापति दिपकजंग शाहको पहलमा दुर्गम क्षेत्र विकास समितिको आर्थिक लगानी तथा चन्दा सहयोगबाट स्मृति भवन बनाएको हो । स्मृति भवनका लागि दुर्गम क्षेत्र विकास समितिले एक करोड ४ लाख ६० हजार उपलब्ध गराएको थियो । पार्टी सभापति शाह लगायत कार्यकर्ताको १२ लाख चन्दा सहयोगबाट भवन निर्माण स्थलको जग्गा खरीद गरेको सचिव भुमीलाल रोकायले बताउनु भयो । जग्गा खरीद तथा भवन निर्माण गरी एक करोड १७ लाख खर्च भएको छ । पार्टी सभापति शाहको सकृयतामा भवन निर्माण कार्य सफल भएको सचिव रोकायले बताउनु भयो । का“ग्रेसले सभाहल सहित ९ वटा कोठा भएको तीन तले भवन बनाएको छ । आर्थिक बर्ष २०७३÷७४ मा शुरु भएको स्मृति भवन निर्माण गत असारमा सम्पन्न भएको थियो । का“ग्रेसले भवन निर्माणका लागि सचिव रोकायको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । भवन निर्माणमा क्षेत्र नम्बरका क्षेत्रीय सभापती कालीबहादुर खत्रीले १४ हजार, जिल्ला कार्य समिति सल्लाहाकार सदस्य खम्ब जंग शाहले २५ हजार ५ सय, जिल्ला पार्टी सचिव भुमीलाल रोकायबाट २५ हजार ५ सय ५५, नेपाल शिक्षक संघका सदस्य तेजबहादुर खत्रीले २६ हजार, नेपाल शिक्षक संघका अध्यक्ष आशा कार्कीले १ हजार ५५, नेपाल शिक्षक संघका सदस्य बीरबहादुर शाहीले ५ हजार र नेपाल शिक्षक संघका सदस्य कर्णबहादुर शाहीले १ हजार सहयोग रकम उपलब्ध गर्नु भएको छ ।
भवन निर्माण भएपछि का“ग्रेसलाई पार्टीका साथै भातृ संगठनका कार्यालय संचालन गर्न सहज भएको सभापति शाहले बताउनु भयो । ‘कार्यकर्ता माझ मेरो कार्यकालमा पार्टीको भवन निर्माण गरेर छाड्ने प्रतिबद्धता गरे अनुरुप कार्य अवधी सकिनु अगावै भवन निर्माण भएको छ,’ शाहले भन्नु भयो । सभापति शाह यस अघि दुर्गम क्षेत्र विकास समितिका उपाध्यक्ष पनि हुनुहुन्थ्यो । १०५ औं विपी जयन्तिको अवसर पारेर का“ग्रेसका पुर्व उपसभापति प्रकाशमान सिंहले भवनको उद्घाटन गर्नु भएको थियो । उक्त भवनको उद्घाटन कार्यक्रममा बोल्दै गणेशमान पुत्र सिंहले जाजरकोट जस्तो दुर्गम जिल्लामा विपी÷गणेशमान स्मृति भवनको निर्माण हुनु गौरवको कुरा भएको वताउनु भयो । पत्यार नै नलाग्ने गरी यस्तो सुविधा सम्पन्न भवन निर्माण हुनु जाजरकोट का“ग्रेस कार्यकर्ताका लागि ठुलो अवसर भएको सिंहले बताउनु भयो । यसै भवनमा का“गे्रसहरु संगठित भएर आगामी निर्वाचनमा विजय हात पार्ने गरी कार्य गर्न नेता सिंहले आग्रह समेत गर्नु भएको छ । का“ग्रेसहरुले विपी कोईराला र गणेशमानले देखाएको बाटोमा हिड्न जरुरी भएको सिंहको भनाई छ ।


त्यस्तै नेता सिंहले नेपाल प्रेस युनियन जाजरकोटको पा“चौ जिल्ला अधिबेशनमा बोल्दै सरकारले नेपाली जनता माथी गोली बर्षाएर दमन गरेको आरोप लगाउनु भयो । लोकतन्त्रको संस्थागत विकास गर्न नेपाली प्रेसले महत्वपुर्ण भुमिका खेलेको स्मरण गराउदै नेता सिंहले संविधानको मर्म अनुरुप प्रेस जगत पुर्ण स्वतन्त्र हुनु पर्ने बताउनु भयो । सरकारले प्रेस स्वतन्त्रतामा अ“कुस लगाउने खालका गतिविधी अघि बढाएकोले प्रेस जगत आन्दोलित हुन वाध्य भएको सिंहको भनाइ छ । नेपाली जनता न्यायका लागि सरकारको भर नपर्ने अवस्था आएको उहाँको भनाई छ । ‘राज्यबाटै जनता सुरक्षित छैनन् । लोकतन्त्रको रक्षाका लागि कांग्रेस लडिरहने पार्टी भएको उहाँको भनाइ छ । प्रेस तथा स्वत्न्त्र अभिब्यक्ति, नागरिक अधिकार लगायत रक्षाका लागि मुलुकी देवानी र फौजदारी संहिता संशोधन गर्नु पर्ने अवस्था आएको नेता सिंहले बताउनु भएको छ ।

प्रकाशित मितिः २७ भाद्र २०७५, बुधबार २१:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *