अवरुद्ध सडक खुलेन, यात्रुलाई सास्ती

बद्री पन्त
जाजरकोट १०, असोज
लगातारको बर्षातसंगै नलगाड नगरपालिकाको छेप्का कैना ७ किलोमिटर सडकमा यातायात अवरुद्ध भएको छ । सडकको तिमिलेचौर, सिस्नेरी, छेप्का, कैना लगाएत स्थानमा दर्जनौं पहिरो खसेपछि चार महिना देखि यातायात अवरुद्ध भएको छ । पहिरोका कारण छेप्का कैनाका लागि छुट्ने गाडी कालिमाटी छेप्कामा थन्किएका छन् । छेप्का कैना सडकको पहिरो ब्यबस्थापन तथा सडकको स्तरोन्नति नहुदा यात्रुलाई सास्ती भएको छ । यातायात अबरुद्ध भएपछि टट्टा, चाउलेचौर, करुवा, लहँ, भारगाउँ, ढीमे, पैंक, बारेकोट लगाएत दुर्गम गाउका स्थानीय २ दिनसम्म पैदल हिड्न वाध्य छन् ।


दुर्गम गाउँमा दैनिक उपभोग्य सामान आपुर्ती सहज नहुदा मुल्यबृदि बढेको छ । दुइ रुपैया प्रति केजी ढुवानी हुने सामान अहिले ६ देखि ८ रुपैया केजीमा ढुवानी हुने गरेको छ । सडकमा नाली र ग्याबीङ्ग, मेसीनरी वाल लगाएत कार्यको दिगो नहुदा दिर्घकालिन रुपमा सडक सन्चालन समस्या भएको हो । विरामीलाई अस्पताल ल्याउन समेत समस्या भएको स्थानीय व्यापारी नरेश कमार रावलले बताउनु भयो । खाद्यान्न लगाएत दैनिक उपभोग्य बस्तुको मुल्य पनि आकाशीएको छ । ११ सय रुपैया पर्ने ३० किलोको मोटो चामल कैनाबजारमा १६ सय रुपैयामा विक्री हुन्छ, त्यो पनि भनेको समयमा पाउदैन स्थानीय रामबहादुर थापाले बताउनु भयो ।
यसका कारण दुर्गमका वासिन्दा मर्कामा परेका छन् । सडकमा यातायात संचालन नहु“दा दैनिक उपभोग्य बस्तु तथा विकास निर्माण सामाग्री लगाएतको ढुवानीमा समस्या भएको छ । सडकमा ६ महिना यातायात संचालन हुन बाकी ६ महिना सडक बन्द हुने गरेको छ । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने गर्दा पनि समस्या बनाएको छ । बर्खामा हिलाम्मे र हिउदमा धुलाम्मे सडकले जनताले सास्ती खेप्नु परेको हो । जाजरकोटमा १ सय बढी सडक छन् तर अहिले छिन्चु — जाजरकोट सडक मात्र सन्चालनमा रहेको छ । भने अन्य सडक खण्ड बन्द भएका छन् ।

प्रकाशित मितिः १० आश्विन २०७५, बुधबार २०:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *