भीरबाट लडेर मृत्यु

बद्री पन्त
जाजरकोट २६, असोज
जाजरकोटको बारेकोट गाउँपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । खर घाँस काट्न गएको वेला उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारेकोट गाउँपालिका ५ तोलखानाका ५१ बर्षिय हरिबहादुर सिंह र ९ का ३२ बर्षिय लालबहादुर खड्का रहेका छन ।
सिँहको गाउँ नजिकैको खट्कटा भीर र खड्काको काप्तीको भीरबाट लडेर मृत्युु भएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए । भीरबाट लड्का उनीहरु दुवै जनाको घटना स्थलमै मृत्यु भएको उनले बताए ।

प्रकाशित मितिः २६ आश्विन २०७५, शुक्रबार २०:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *