कुशे गाउँपालिकाका सवै वडा सडक संजालमा जोडिए

बद्री पन्त
जाजरकोट २८, असोज
भौगोलिक हिशावले विकट मानिएको जाजरकोटको कुशे गाउँपालिकाको ९ वटै वडामा सडक पुगेको छ । कुशे गाउँपालिकाले गत आर्थिक बर्ष २०७४÷०७५ मा ९७ किलोमीटर सडक ट्रयाक ओपन गरेको हो । कुशे गाउपालिकाले चालु आर्थिक बर्षमा साढे चार करोड बजेट खर्चेर ९ वटै वडामा सडक पुर्याएको हो ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा ९ वडामा १२ वटा सडकको ट्रयाक ओपन गरेको छ । गत बर्षसम्म कुशेको वडा ५ को केन्द्र मात्र सडक सञ्जालस“ग जोडिएको थियो । जाजरकोट–ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पा“चकाटीया, दम्दाला, ढीमे, खुर्पा लगाएत गाउको मात्र सडक पहुच रहेकोमा यस बर्ष सबै वडा केन्द्रलाई सडक सञ्जालले जोडेको गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो । गाउपालिकाको गाडी खरीदका लागि छुट्याएको रकम समेत सडक निर्माणमा खर्च गरेको थियो । गाडी खरीदको ४७ लाख रकमान्तर गरेर सडक बनाएको हो ।सिमित श्रोत साधनले ९७ किलोमीटर सडकको ट्रयाक ओपन गर्नु चानचुने कुरा नभएको अध्यक्ष बस्नेतको भनाई छ ।


कुशेले वडा १ मा २५ लाख बजेटमा ६ किलोमीटर दुरीको तारेचौर वडा कार्यालय सडक, वडा २ मा ९७ लाखले २५ किलोमीटर लम्बाईको डेब्रा वडा कार्यालय तिमिल्धारा हु“दै हिले सडक र २० लाखले गैरीखेत डेबे्रडा“डा ८ किलोमीटर सडक ट्रयाक ओपन गरेको छ । त्यस्तै वडा ३ मा ५० लाखले ७ किलोमीटरको टापुचौर डाडाभौता सडक, वडा ४ मा ६५ लाखमा १५ किलोमीटरको टापुचौर तागाचौर हुदै वडा केन्द्र दतीउर पुग्ने सडक र वडा ६ मा ६५ लाखमा १२ किलोमीटर साधीविसाउन गाउपालिका केन्द्र थर्पु सडक निर्माण भएको छ । यसैगरी कुशे गाउपालिकाले वडा ५ मा ४० लाखमा ८ किलोमीटर दम्दाला वाटुले सडक, २८ लाखमा १० किलोमीटर साधीविसाउन जहरगाउ सडक, वडा ७ मा ५० लाखमा पानीमुल समाइला, २५ लाखले ६ किलोमीटर दुरीको समाकोट गुमौरी सडक र वडा ८ तथा ९ मा ३२ लाखले ३ किलामीटरको प“धेरीखोला पैंक सडक निर्माण गरेको छ ।
पहिलो चरणमा सडक ट्रयाक ओपन मात्र गरीएको अध्यक्ष बस्नेतको भनाइ छ । आगामी आर्थिक बर्ष उक्त सडकका पर्खाल तथा नाली, ग्राभेल, तारजाली लगाएत स्तरोन्नतिको कार्य गर्न बजेट विनियोजन गरीने गाउँपालिकाले जनाएको छ । जुम्ला जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण भएका छन् । कुशे गाउपालिकामा पर्यटन प्रवद्र्धन तथा कृषि उपज, खनिज, जटीबुडी लगाएतलाई बजारीकरण गर्न सडक निर्माणमा जोड दिएको छ । पुर्वाधार निर्माण सडकलाई महत्व दिएको हो ।

उत्पादन क्षेत्र, बाक्लो मानब बस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थल लगाएत स्थानसम्म छिटो भन्दा छिटो सडक खन्ने लक्ष्य अनुरुप गाउपापिलका अघिबढेको छ । कुशे सुन्तोला तथा आलु उत्पादन, काईनाइट, टुर्मालिन पत्थर लगाएत खनिज र सयांै प्ररकारका जडीबुटीले धनी गाउपालिका मानिन्छ । गाउपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको स्थानीय जनकबहादुर शाहीले बताउनु भयो । विकट गाउमा सडक पुगेपछि यहा“का बासिन्दाको बर्षौैंको थाप्लोमा भारी बोकेर पैदल हिड्नुपर्ने पिडा हटेको स्थानीयको भनाइ छ ।
सडक निर्माणस“गै दुर्गम क्षेत्रको कृषि उत्पादनले बजार पाउनुको साथै स्थानीय बासिन्दालाई दैनिक उपभोग्य बस्तु ओसारपसारमा सहज भएको छ । बर्षातले अबरुद्ध भएका सडक पनि गाउपालिकाले सनचालनमा ल्याएको छ । दशै अगाडि दैनिक उपभोग्य बस्तु ओसारपसार तथा स्थानीयलाइ घर जान सहज सुविधा पुगोस भनेर अबरुद्ध सडक मर्मत गरीएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २८ आश्विन २०७५, आईतवार २१:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *