बारको अध्यक्षमा भीमबहादुर सिंह

जाजरकोट, ६ मंसिर ।
नेपाल वार एसोसियसन जाजरकोटको अध्यक्षमा भीमवहादुर सिंह निर्वाचित भएका छन । कानुन व्यावसायीहरुको भेलाले सिहंलाई विहिवार सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उनी नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष पनि हुन ।नौ सदसिय कार्यसमितिको उपाध्यक्षमा प्रकाशकुमार शाही, सचिवमा राजवहादुर सिंह र कोषाध्यक्षमा धनवहादुर थापा रहेका छन ।
यस्तै सदस्यहरुमा कृष्णविक्रम शाह, भक्तवहादुर मल्ल, छविराज शर्मा, सहदेवजंग शाह, पदमवहादुर शाह र निमवहादुर शाही चयन भएका छन ।नवनिर्वाचित अध्यक्ष सिंहले आफनो कार्यकालमा न्याय सेवा र कानुनी सहायता सेवालाई जनमैत्री वनाउन पहल गर्ने वताए ।  उनले  जनताको पहुँचलाई न्यायलयसम्म सहज वनाउन सक्रिय रहने पनि प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रकाशित मितिः ६ मंसिर २०७५, बिहीबार २०:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *