लोकेन्द्र शाह पत्रकारीता पुरस्कार चलाउने र पन्तलाई

जाजरकोट, १२ मंसिर ।
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले स्वर्गिय लोकेन्द्र शाह पत्रकारीता पुस्कार यस पटक दुई जना पत्रकारलाई दिएको छ ।  ५ हजार रासीको पुस्कारवाट नेपाल पत्रकार महासंघ पूर्व सचिव प्रभात चलाउने तथा रेडियो नेपाल र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार वद्री पन्त सम्मानित भएका छन ।
नवौं साधारण सभाको अवसरमा पत्रकार चलाउने र पन्तलाई वुधवार नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले नगद पाँच हजारसहित दोसल्ला, माला र सम्मान पत्र सम्मानित गरेका छन ।


तीन वर्षअघि महासंघले स्थापना गरेको यो पुस्कार जाजरकोटलाई कार्यक्षेत्र वनाएर कम्तीमा ५ वर्षदेखि पत्रकारीता गरिरहेका पत्रकारलाई प्रदान गर्ने गरिएको महासंघका अध्यक्ष भीमवहादुर सिंहले वताए । एक वर्ष पुरस्कार वितरण गर्न छुटेकोले यस वर्ष दुइवटा पुरस्कार एकै पटक दिइएको पनि वताए ।
पुरस्कार पाएपछि पत्रकार पन्तले पुरस्कारले आफुलाई पत्रकारीता क्षेत्रमा अझ सक्रिय भएर लाग्ने हौसला दिए बताए । पुरस्कार दिएकोमा महासंघलाई धन्यवाद उनेले भने थप जिम्मेवार भएर पत्रकारिता गर्ने प्रेरणा मिलेको छ ।
पत्रकार पन्त जाजरकोटमा एक दशकदेखि पत्रकारीता गरिरहेका छन । यो पुरस्कार पहिलो वर्ष महासंघका अध्यक्ष भीमवहादुर सिंहले पाएका थिए ।

प्रकाशित मितिः १२ मंसिर २०७५, बुधबार १५:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *