मन्त्रीहरुको लर्को

बद्री पन्त
जाजरकोट १२, पुस
तेस्रो जाजरकोट महोत्सव उद्घाटन कार्यक्रममा मन्त्रीहरुको लर्को लागेको छ । उद्योग बाणिज्य संघ जाजरकोटले खलंगामा आयोजना गरेको उक्त महोत्सवमा मन्त्रीहरुको लर्को लागेको हो ।
जिल्ला स्तरको सामान्य महोत्सव उद्घाटनमा संघीय सरकार तथा कर्णाली प्रदेश सरकारका मन्त्रीको ओइरो लागेपछि स्थानीय बासिन्दा दंग परेका छन् ।


सरकारी कामकाज र जनताका जनजिविकाका सवाललाई वेवास्ता गर्दे ओइरो लागेर ३ जना मन्त्रीहरुले महोत्सव उद्घानमा समय खर्चेको देख्दा स्थानीय बासिन्दा दंग परेका हुन् ।
महोत्सव उद्घाटनमा संघीय सरकारका बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, भुमि तथा कृषि मन्त्री विमला केसी र अन्य सांसदहरुको सहभागिता रहेको छ ।
विकास र समृद्धीका लागि भन्दा रमाइलो तथा मनोरञ्जन, तालिम, गोष्ठी फर्म लगायत उद्घाटन मन्त्रीहरुले समय खर्चने गरेको स्थानीय केबी मल्लले बताए । ‘यस जिल्लामा करोडौं खर्चेर बनाएका खलंगा पा“चकाटीया लगायत सडकमा दशक वित्दा समेत बस गुड्न सकेको छैन ।
दर्जनौं पुल लगायत संरचना निर्माण अलपत्र छन् । खाद्य अभाव तथा बेरोजगारी, स्वास्थ्य उपचारका समस्या जिउका तिउ छन् ।
यस तर्फ मन्त्रीज्युहरुको ध्यान छैन,’ मल्लले भने । सरकारका मन्त्रीले मेलापर्व उद्घाटनमा समय खेर फालेर समृद्धिको कुरा गर्न मिल्दैन,’ उनले भने । सरकारले जनताले परिणाम देखिने गरी काम गर्न नसकेको मल्लको भनाई छ ।

प्रकाशित मितिः १२ पुष २०७५, बिहीबार १८:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *