महबाट मनग्य आम्दानी गदै जाजरकोटका किसान

बद्री पन्त
जाजरकोट १३, पुस
यस वर्ष जाजरकोटको नलगाड नगरपालिकामा ५० लाखको मह उत्पादनमा भएको छ । गत बर्षको भन्दा १५ प्रतिशतले मह उत्पादन वृदी भएको हो । मह उत्पादन बढेपछि मौरीपालक किसान हर्षित भएका छन् । नलगाड नगरपालिकाको डाडागाउ, लह“, खगेनकोट लगाएत क्षेत्रमा मह उत्पादन बढेको हो । उत्पादन बढेपछि महको मुल्य पनि आकासिएको छ ।


गत बर्षको तुलनामा ५० प्रतिशतले मह उत्पादन बढेको नलगाड नगरपालिका ४, सिलालका मौरीपालक धर्मराज रावलले बताए । गतबर्ष ३५ घार मौरीबाट २ सय किलो मह उत्पादन गरेर ९० हजार आम्दानी भएकोमा यो बर्ष १ सय ५० किलो उतपादन भएको रावलले बताए । विभिन्न रोगका कारण यो बर्ष १८ घार मौरीबाट ६० हजार आम्दानी भएको उनले बताए ।


त्यस्तै लह“ ४ का मौरी पालक किसान केशब रावलको पनि मह उत्पादन बढेको छ । ३५ घार मौरीबाट २ सय किलो मह उत्पादन भएको रावलले बताए । गतबर्ष ४० घारबाटै ३ सय किलो मह उत्पादन गरेर १ लाख ५० हजार कमाउन सफल भएको रावलले बताए । उनीहरु मात्र हैन । नगरका २ सय ५० जना ब्यबशायिक मौरीपालक किसान खुसी छन् । उनीहरुले महबाट मनग्य आम्दानी लिन सफल भएका छन ।


बन विनास, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नु लगाएत कारण मह उत्पादन घटेपनि यसबर्ष नगरमा मह उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार बिष्टले बताए । यस बर्ष नलगाडमा ८ हजार किलो मह उत्पादन भएको बिष्टले बताए ।


गत बर्ष जाजरकोटमा २० मेट्रीक टन मह उत्पादन भएको थियो । अर्गानीक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी रहेको छ । यसपटक पानी नपरेकाले मह उत्पादन बढेको हो । मैनपुतलीले मौरीको लार्भा र चाका खाईदिने गर्दा मौरी भाग्ने गरेको किनाको भनाइ छ ।


विगतमा प्रति किलोको ५ सय मुल्य पर्ने मह यो बर्ष ७ सय पुगेको छ । महको माग बढी छ । मह उत्पादन घट्नु भन्दा पनि मौरी जोगाउनै समस्या भएको छ,’ उनले भने । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको नलगाड २, कलपतका किसान यो बर्ष भने खुसी भएका छन् । ३० वर्ष देखि ब्यबशायिक मौरी पालनबाट मनग्य आम्दानी गर्दै आएका छन उनीहरु ।


उत्पादन बढेपछि घर ब्यबहार धान्न सहज भएको कृषकको भनाइ छ । मौरीमा किसानको मेहनेत र लगानी कम लाग्ने र आम्दानी धेरै हुने गरेको छ । नलगाड मात्र २ सय ५० घरपरिवारले व्यवशायी मौरी पालन गर्दै आएका छन् । मौरी र महको बलियो सम्भावना बोकेको जाजरकोटको अर्गानिक महले मानव स्वास्थ्यलाई चाहिने पोषणको आपुर्तिमा टेवा पुग्ने बताइएको छ । उत्पादीत मह लिन व्यापारी गाउँघरमै पुग्ने गरेका छन । नलगाड नगरपालिकामा मात्र ४ हजार मौरी घार र जिल्लाभर ६ हजार मौरीघार रहेका रहेका छन ।

प्रकाशित मितिः १३ पुष २०७५, शुक्रबार १५:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *