नलसिंहगाडमा पुल नबन्दा सास्ती

बद्री पन्त
जाजरकोट २१, पुस
जाजरकोट — डोल्पा भेरी कोरीडोर मार्गको जाजरकोट खण्डमा ६० किलोमिटर सडक निर्माण भइ यातायात सन्चालन भएको ७ बर्ष भयो । यस खण्डको आधा दर्जन खोलामा पक्की सडक पुल बन्न सकेका छैनन् । पुल नबन्दा नलगाड नगरपालिकाको कालिमाटी देखि तल्लुबगरको २७ किलोमिटर सडकमा सहज रुपमा यातायात संचालनमा अबरुद्ध भएको छ । जसका कारण यात्रुलाई गन्तव्यमा पुग्न र उपभोग्य सामान ढुवानीमा सास्ती हुने गरेको छ ।
यस सडक खण्डको नलगाड भएर जाजरकोट — डोल्पा जाने सडकको कालीमाटी देखि तल्लुबगरसम्मको सिधा यातायात समेत सन्चालनमा आउन सकेको छैन । यस सडकको झमरा खोला, नलसिंहगाड, ताँसुगाड, ताँत्र खोला, मालुवा मैदे लगाएत खोलामा सडक पुल बन्ने कुनै सुरसार देखिदैन । बर्खामा साना खहरे खोलाले यातायात अबरुद्ध बनाउने गर्छ भने हिउदमा ठुला खोलाले । खलंगाबाट गएका यातायाका साधन कालिमाटीमा रोकीने र तल्लुबगरबाट आएका साधन दल्लीमा रोकीने गरेका छन । नलसिंहगाड खोलामा पक्की पुल नहुदा कालीमाटी तल्लुबगरको सिधा यातायात सन्चालनमा बाधा पुगेको यातायात व्यवसायीको भनाइ छ । नलगाड खोलामा जेसीवी तार्न वनाइएको वाटोमा साना जिप तथा ट्याकटर फस्ने गरेका छन । जोखीम मोलेर खोलामा तार्दा यातायातका इन्जिननै सिज हुने गरेको यातायात व्यवसायी कमलबहादुर थापाले बताए । खोलामा यातायात फस्ने जेसीवी लगाएर तान्नु पर्ने बाध्यता छ, उनले भने । एउटा जिप खोला तार्न २ हजार देखि १० हजार जेसीवीलाई दिनु पर्ने बाध्यता छ, उनले भने ।

सडक सिधा यातायात सन्चालन नहुदा निर्माण सामग्री, चामल, ग्यास लगायत उपभोग्य वस्तु ढुवानीमा समस्या हुनेगरेको छ । दुर्गम गाउमा दैनिक उपभोग्य सामान आपुर्ती सहज नहुदा मुल्यबृदि बढेको छ । भने दुइ रुपैया प्रति केजी ढुवानी हुने सामान अहिले १४ देखि १५ रुपैया केजीमा ढुवानी हुने छ । कच्ची सडकले गर्दा हिउँद र बर्खा दुबै समयमा नगरवासीले सास्ती खेप्नुपरेको छ । डोल्पा, नलगाडको रग्दा, भगवती, रुकुम पश्चिमको गोतामकोट लगाएत स्थानमा सामान पिठ्यूँमा बोकेर लैजानु पर्ने बाध्यता छ । खोलामा पुल नहुदा तल्लुबगर, खलंगा, नेपालगंज, सुर्खेतको सिधा यातायात सेवा सन्चालन हुन सकेको छैन ।
गत बुधबार सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको नेतृत्वमा आधा दर्जन सरकारी कार्यालय प्रमुख सहितको टोली नलगाडको तल्लुबगर तिर अनुगमन गर्न हिड्यो । जिल्ला प्रहरी प्रमुख रविन्दबहादुर सिंह चढेको भ्यान नलगाड खोलामा फस्यो । १ घण्टा पछि जेसीवीको साहेताले भ्यान तान्ने काम भयो । टोली गन्तव्य तिर लाग्यो । यस्तै समस्याका कारण खोलामा सवैले सास्ती बेर्होदै आएका छन । डोल्पा सडकको ट्याक ओपन भइ सकेको हुदा विभिन्न खोलामा सडक डिभिजनले तत्काल मोटरेवल पुल वनाउनु पर्ने प्रजिअ बस्नेतले बताउनु भयो । पुल बनाएर जनतालाई सहज सुविधा दिनु पर्छ, बस्नेतले भन्नु भयो । जाजरकोटको धेरै खोला तथा नदीमा पक्कि पुल आबश्यक रहेको प्रजिअ बस्नेतको भनाइ छ ।
नलगाड नगरपालिकाले नलगाड खोलामा तत्काल पक्की पुलको सम्भावना नभएको जनाएको छ । खोलामा पुल नबन्दा नगरबासीले सास्ती खेप्नु परेको भन्दै तत्कालका लागि होमपाइप राखेर यातायात सन्चालन गर्ने नगर प्रमुख टेकबहादुर रावलले बताउनु भएको । खोलामा होमपाइप राख्न र दल्लीदेखि तल्लुबगरसम्मको सडक मर्मत गर्ने काम अगाडि बढाएको प्रमुख रावलले बताउनु भएको छ ।

प्रकाशित मितिः २१ पुष २०७५, शनिबार १८:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *