१२ बर्षमा पनि सडकको अवस्थामा सुधार भएन

बद्री पन्त
जाजरकोट २१, पुस ।
जाजरकोटको खलंगा पाँचकाटीया सडकको ट्रयाक खुलेको १२ बर्ष वित्यो । तर सम्बन्धित निकाय खलंगा पाँचकाटीया सडकमा यातायात संचालन गर्न वेखबर छन । सडक विभाग, भेरी नगरपालिका लगाएत निकायले सडकको मर्मत सुधारमा वेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ ।
कुशे गाउपालिका र बारेकोट गाउपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ । हिउदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सकडका कारण जनताले सास्ती खेप्नु परेको छ । खलंगा पाँचकाटीया २३ किलोमिटर सडकको स्तोरोन्ती नहुदा कुशे र बारेकोट गाउपालिकाका स्थानीय तथा फिल्डमा जाने कर्मचारीले सास्ती खेप्नु परेको छ । २/३ दिन पैदल हिडेर गन्तब्यमा पुग्नु पर्ने वाध्य छ । यो सडकमा मोटर साइकल समेत पार गर्न मुस्कील हुने गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताए ।


करोडौं खर्च गरेर निर्माण गरेको उक्त सडकमा ६ महिना पनि यातायात संचालन नहुने गरेको छ । सडकको ट्रयाक खुलेकै बर्षौ वित्यो, तर स्थानीयले यातायातको सुविधा पाउन सकेका छैनन । सडक यातायात संचालन नहुदा दुर्गम गाउमा खाद्यान्नका साथै दैनिक उपभोग्य बस्तुको ढुवानीमा समस्या भएको भेरी नगरपालिका २, बाहुनथान स्थानीय व्यापारी टिकाराम खड्काले बताए । डिभीजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नती तर्फ बेवास्ता गर्दा बर्षेनी स्थानीयबासीले सास्ती खेप्नु परेको उनले बताए । ट्रयाक ओपन भएको बर्षौं वित्दा पनि खलंगा पाँचकाटीया सडकको स्तरोन्नती हुन नसकेको उनको आरोप छ । दर्जनौं स्थानमा घुम्तीका तथा ग्रेडिङ्ग नमिल्दा सडकमा यातायात सुचारु हुन नसकेको हो । पर्यटन र कृषि उत्पादनका हिसावले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नती र निर्माण सम्पन्न हुनु पर्ने स्थानीयको माग छ । सडकले खलंगा देखि पाँचकाटीया, पंैक, ब्याउली ढुंगा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने सडक हो ।


करोडौंको लगानीमा निर्मित उक्त सडकमा नियमित यातायात सुचारु नहुने गर्दा स्थानीय बासिन्दा आक्रोसित बनेका छन् । निर्माण भएको सडक गाडी गुडाउन लायक नबनाएकोले लगानी खेर गएकोे छ । दशक अघि निर्माण भएका सडकमा समेत बाह्रै महिना यातायात संचालन हुन सकेको छैन । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने प्रचलनले समस्या आएको देखिन्छ । सडक मर्मत गरेर यातायात सुचारु गर्न सडक डिभीजन र भेरी नगरपालिकाले कन्जुस्याई गर्दा बुढाबढी, विरामी लगाएत सयौं यात्रुलाई दैनिक सास्ती भएको पाँचकाटीयाका व्यापारी चक्रबहादुर थापाले बताए ।


यो सडक त एक उदाहरण मात्र हो जिल्लामा निर्माण गरिएका १ सय बढी ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा समस्या भएको छ । जिल्लाका विभिन्न स्थानमा सडक खन्ने काम हुन्छ । तर गाउँ पिच्छे खनीएका सडक अलपत्र परेका छन् । सडक निर्माणका नाममा करोडौं रकम खर्च भैसक्दा पनि यहाँका स्थानीयले यातायात सुविधा पाउन सकेका छैनन् । व्यापारीहरुलाई सामान ढुवानीयमा निकै समस्या भएको अर्का व्यापारी प्रेमबहादुर थापाले बताए । खलंगा देखि पाँचकाटीयासम्मको सडक खतम छ थापाले भने । चुनावको बेला नेताले पिच नै गर्ने भन्छन तर जितेर गएपछि फर्केर आउदैनन उनले भने ।
कतिपय सडकको रेखांकन प्राविधीक नम्स विपरित हुदा पनि निर्माण कार्य अलपत्र परेको हो । प्राविधीक दृष्टीकोण भन्दा पनि राजनितिक दवावमा घरछेउ नजिकबाट सडक लैजान खोज्दा यस्तो भएको हो । सरकारी लगानी बालुवामा पानी भएको स्थानीयको आरोप रहेको छ । ती सडकमा यातायात संचालन नहु“दा दैनिक उपभोग्य बस्तु, विकास निर्माण सामाग्री लगाएतको ओसारपसारमा पनि समस्या हुने गरेको छ । दशक अघि निर्माण भएका सडकमा समेत बाह्रै महिना यातायात संचालन हुन सकेका छैनन् । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने प्रचलनले पनि समस्या भएको बताइएको छ ।

प्रकाशित मितिः २१ पुष २०७५, शनिबार २१:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *