झोलुंगे पुल जिर्न, मर्मतमा कसैको ध्यान पुगेन

बद्री पन्त
जाजरकोट २१, पुस ।
जाजरकोट र रुकुम जिल्लाको बिचमा भेरी नदिमा बनाइएका झोलुंगे पुलहरु जिर्न अबस्था रहेका छन् । दुबै जिल्लाले मर्मतमा ध्यान नपुर्याउदा पुल जिर्न बनेका हुन् ।
पुल जिर्न हुदा यात्रुले जोखिम मोलेर नदि वारपार गर्नु पर्ने बाध्यता रहेको छ । राणाकालमा बनेको मटेला पुलदेखि दर्जनौं स्थानका पुलहरु जिर्न अबस्थामा रहेका छन् । रिम्ना, चिसा, राडी ज्यूला, तल्लुबगर, दामाचौर लगायत दर्जन बढी स्थानमा रहेका पुलहरु बारपार गर्न धौ धौ हुने गरेको भगबती तल्लुबगरका मोहन बस्नेतले बताउनु भएको छ ।

जाजरकोट तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने भेरी नदीको झोलुंगे बनेको ४० बर्ष भयो तर अहिलेसम्मा मर्मत हुन सकेको छैन । पुलका दायाँबायाँ र बिचका लठ्ठा, नट भोल्ट खिया लागेर झरेका छन तर उक्त पुल मर्मतमा कसैको पनि चासो गएको छैन बस्नेत भन्नु भयो ।

कर्णाली अञ्चलको जुम्ला र डोल्पासम्म आवत जावत गर्ने बाटोमा पर्ने पुलहरु मर्मत नुहदा घोडा खच्चडबाट सामान ओसारपसर गर्न समस्या हुने गरेको डोल्पाका बीरबहादुर शाहीले बताउनु भयो । सम्बन्धित निकायले पुलको मर्मत संभारमा चासो नदेखाउदा स्थानीयले कतिपय पुलमा काठ राखेर प्रयोग गर्ने गरेका छन् शाहीले भन्नु भयो ।
दुबै जिल्लाले वास्ता नगर्दा समस्या उब्जिएको हो । दुबै जिल्लाको बिचमा बग्ने भेरी नदिको अधिकांस स्थानमा पुल निर्माण भएको बर्षौ बिते पनि मर्मत संम्भारमा कसैले पनि चासो दिएको देखिदैन ।

प्रकाशित मितिः २१ पुष २०७५, शनिबार २१:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *