जाजरकोटमा भेडाबाख्रा पालन व्यवसाय फस्टाउदै

बद्री पन्त
जाजरकोट २२, पुस ।
जाजरकोट जिल्लामा पछिल्लो समय बाख्रापालन व्यवसायमा फस्टाउदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसानहरु यो व्यवसायमा अग्रसर भएका छन् ।
बारेकोट गाउँपालिका ८, लैखमका रणबहादुर खत्रीको घरमा १ सय भेडाबाख्रा छन । खत्रीको बार्षिक २ लाख आम्दानी हुन्छ । घरमा ५० भेडा, ५० बाख्रा छन । बर्षमा २५ देखि ३० वटा खसीबोका र माउँभेडाबाख्रा, सानापाठापाठी पनि बिक्री हुने गरेको खत्रीले बताउनु भयो । रोजगारीको लागि धेरै पटक भारतको कालापाड गइयो तर त्यसबाट घर व्यवहार चलाउन सहज देखिएन । घरमै भेडा बाख्रा पाल्लु पर्यो भनेर लागेको छु खत्रीले भन्नु भयो ।


लगानी धेरै लगाउनु नपर्ने, थोरै लगानीबाट व्यवसाय गर्न सकिने भएको हुदा यो व्यवसाय थालेको खत्रीको भनाइ छ । परीश्रम गरे आफ्नै बारीमा सुन फलाउन सकिन्छ खत्रीले भन्नु भयो । खत्रीको घरमा १५ जनाको परिवार छ । त्यस्तै गरी नलगाड नगरपालिका ५, भण्डारीगाउँका शान्तबहादुर खत्री गाउँकै अब्बल बाख्रा पालक कृषक हुनु हुन्छ । खत्रीको घरमा ९० बढी बाख्रा छन । वर्षमा १ लाख ६० हजार आम्दानी हुन्छ ।
यसबाट घर व्यवहार चलाउन र छोरालाई पढाउन लेखाउन सहज भएको खत्रीले बताउनु भयो । खत्रीले १ बर्ष अघि उच्च मुल्य वस्तु विकास आयोजना सुर्खेतको आर्थिक सहयोग तथा नागरीक कृषि तथा पशु पालन सहकारी संस्था लहँको समन्वयमा खोर निर्माण संगै एक वटा उन्नत जातको वोयर जातको बोका पाउनु भयो । यो सहयोग मिलेपनि बाख्रा पालन व्यवसाय गर्न थप उर्जा मिलेको खत्रीले बताउनु भयो । खत्रीको घरमा बाख्रा हेर्न आउनेहरुको भिड लाग्ने गरेको छ । यी दुई त जिल्लाको एक प्रतीनिधी पात्र मात्र हुन । जाजरकोटको ७ वटै स्थानीय तहमा भेडावाख्रा पालन व्यवसाय फस्टाउदै गएको छ । बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । अन्य व्यवसाय भन्दा यसबाट राम्रो फाईदा पुग्ने भएपछि किसानहरु यस व्यवसाय तर्फ आक्रशित भएका बारेकोट गाउँपालिकाका पशु प्राविधीक गोविन्द सिंहले बताउनु भयो ।


गर्मी समयमा भेडा–बाख्रा चरिचरणका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ, भने जाडो समयमा औल तथा बेसी तर्फ झारिन्ने गरिने सिंहको भनाइ छ । बारेकोट गाउँपालिका भित्रमा करीव १० हजार भेडाबाख्रा रहेको सिंहले बताउनु भयो । जाजरकोमा एक लाख बढी भेडाबाखा रहेको सिंहले त्रताउनु भयो । यहाँका खसीबोका पोखरा, काठमाण्डौं, बाँके, बर्दिया, सुर्खेत, जुम्ला, डोल्पा लगाएतका जिल्लाहरुमा निर्यात हुने गरेका छन् । जिल्लाभित्र र जिल्ला बाहिर मासुको लागि खसी, बोकाको माग अत्याधिक खपत हुने भएपछि जिल्लाका किसानले बाख्रापालन व्यवसाय बढाउदै लगेका छन् ।
यहाँका प्रति किसानले बाख्रापालन व्यवसायबाट बर्षमा एक लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यो व्यवसायमा लगानी गरेपछि चाँडै आम्दानी दिने भएपछि किसानहरु यो व्यवसायमा आक्रशित भएका हन् । भेडा–बाख्राको उँनबाट राडिपाखी, काम्लो, फेरे लगाएतका मूल्यबान बस्तु तयार हुने र यसबाट पनि आम्दानी हुन्छ । कतिपय किसानले व्यवसायिक रुपमा भेडा–बाख्रापालन फर्म नै खोलेका छन् ।


स्थानीय तहबाट पनि बाख्रापालक किसानहरुलाई लगानी गर्ने गरेका छन । ४० हजार भेडा–बाख्रा पालक किसान रहेका छन् । जिल्लामा मासुको लागि बार्षिक ६ हजार खसीबोकाबाट ७ करोड, जिल्ला बाहिर १४ हजार खसीबोकाबाट १४ करोड, पुजाआजामा ६ सय खसीबोकाबाट ३० लाख, ३ सय बोका व्यारका लागि विक्रीबाट ७ लाख र १६ सय माउ बाख्रा बिक्रीबाट १२ करोड वितरण भई बार्षिक ३३ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने गरेको पशु प्राविधिकले जनाएको छ ।

प्रकाशित मितिः २२ पुष २०७५, आईतवार ०९:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *