रेडपाण्डाको छालासहित दुई प्रक्राउ

जाजरकोट : प्रतिवन्धित रेडपाण्डा (हाव्रे) को छालासहित जाजरकोटमा दुईजना युवा प्रक्राउ परेका छन्। नलगाड नगरपालिका- ५ कालीमाटी निवासी २५ वर्षीय गणेश सुनार र सोही ठाउँका २५ वर्षीय युवराज विकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

सदरमुकाममा चेकजाँज गर्ने क्रममा रेडपाण्डाको छालासहित उनीहरु प्रक्राउ परेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । प्रहरीले विगोसहित प्रक्राउ परेको दुवैजनालाई जिल्ला बन कार्यालयको जिम्मा लगाएको छ।

बन कार्यालयले छालाको व्यापार गर्ने कार्यमा संलग्न उनीहरु विरुद्ध मुद्धा चलाउने तयारी गरेको छ।आवश्यक अनुसन्धानका लागि बन कार्यालयले सहायक बन अधिकृत पूर्णप्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाएको जिल्ला बन अधिकृत मन्जुर अहमतले बताए।

जाजरकोटमा विश्वमै लोप हुने अवस्थामा पुगेको प्रतिवन्धित हाव्र ( रेडपाण्डा ) को बासस्थान रहेको विभिन्न अध्ययनले देखाएको छ। आवश्यक संरक्षणको अभाव र जनचेतनाको अभावले चोरी शिकारी बढ्दै गएको छ।अन्नपूर्ण पोष्टबाट

प्रकाशित मितिः २२ पुष २०७५, आईतवार १८:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *