माइती गाउँमा सहयोग

बद्री पन्त
जाजरकोट २३, पुस
भेरी नगरपालिका १ पिपेकी दुर्गा राना बस्यालको पहलमा बैदेशिक रोजगारीका लागि दक्षिण कोरीयामा रहेका रुपन्देयीका युवाहरुको सहयोगमा जाजरकोटको पिपेका २ वटा बिद्यालयमा रहयोग उपलब्ध भएको छ । आइतबार एक कार्यक्रमका विच रुपन्देही सम्पर्क समिति दक्षिण कोरीयाद्धारा उक्त रहयोग उपलब्ध गराइएको हो । माइती गाउँमा केहि सहयोग गर्न आग्रह गरेपछि समितिले सहजै सहयोग गरेको दुर्गा रानाले बताउनु भयो । रानाको १५ बर्ष पहिले रुपन्देहीका बिशाल बस्यालसंग विहेवारी भएको थियो । माइती गाउँमा सानो सहयोग गर्न पाउदा बस्याल दम्पती निकै खुसी छन ।


भेरी नगरपालिका १, घुयलनेटामा रहेको सुर्यदय आधारभुत विद्यालय र वागेश्री आधारभुत विद्यालय पिपेमा अध्ययनरत गरिव तथा विपन्न विद्यार्थीलाई र दलित परिवारलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । दुइ विद्यालयका ५० जना विद्यार्थीलाई स्वीटर, झोला, कापी कलम, बल उपलब्ध गराएको छ ।


त्यसैगरी घुयलनेटा र पिपेमैदेका ३० जना दलित परिवारलाई सिरक वितरण गरेको छ । १ लाख ५० हजारको सहयोग उपलब्ध गराएको कोरीया सम्पर्क समितिका अध्यक्ष रामु कार्कीले बताउनु भयो । ११ बर्ष अघि कोरीयामा रहेका रुपन्देहीका युवाहरु मिलेर सम्पर्क समिति गठन गरेको र समितिमा रहेका युवाबाट रकम संकलन गरी समाज सेवाको क्षेत्रमा सहयोग गर्दै आएको कार्कीले बताउनु भयो ।

कोरीयामा रुपन्देहीका मात्र ५ हजार युवा रहेको र उनीहरुवाट ५ सय देखि २ हजारसम्म रकम संकलन गरेर सामाजीक कार्यमा लगानी गर्दै आएको कार्कीले बताउनु भयो । कोरीयामा करीव ५० हजार नेपाली युवाले काम गर्दै आएका छन कार्कीले भन्नु भयो । ११ बर्षको अवधीमा रुपन्देही, पर्वत, अर्घाखाँची, जाजरकोट लगाएत जिल्लामा ८० लाख बढीको सहयोग गरी सकेको अध्यक्ष कार्कीले बताउनु भयो


उनीहरुले विद्यालयमै पुगेर विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका हुन । विद्यालयका निमित्त प्रधानाध्यापक प्रभाकर शर्माले विपन्न बालबालिकालाई न्यानो कपडा सहयोग गरेकोमा समितिलाइ धन्यवाद दिनु भयो । न्यानो कपडा वितरण गदै भेरी नगरपालिका १ का वडा अध्यक्ष दिपक रानाले समाजसेवी युवाको सहयोगले वडामा ठुलो प्रेरणा मिलेको बताउनु भयो ।


यस्तै २ का वडा अध्यक्ष कालीबहादुर वलीले दुर्गम गाउँका विद्यार्थीलाई सहयोग गरेर रुपन्देही कारीया सम्पर्क समितिले ठुलो गुण लगाएको बताउनु भयो । न्यानो कपडा पाएपछि विद्यार्थी र अभिभावक दुवै खुशी भएका थिए । समितिले गत बर्ष वागेश्री आधारभुत विद्यालय पिपेमा इलावे्ररी तथा कम्युप्युटर सहयोग गरेको थियो । सहयोग वितरण गर्न अध्यक्ष रामु कार्की, बरिष्ठ उपाध्यक्ष बिशाल बस्याल, सल्लाकार दिपक गिरी, दुर्गा न्यौपाने, मिलन कार्की, डिल्ली न्यौपाने लगाएत टोली पिपे गाउँमा पुगेका थिए । सहयोग वितरण कार्यक्रममा स्थानीय जन प्रतिनिधी, स्थानीयबासी, पत्रकार लगाएतको सहभागिता थियो ।

प्रकाशित मितिः २३ पुष २०७५, सोमबार ०६:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *