घरआँगनमै सरकारी सेवा पाउँदा ढिमेबासी खुशी

बद्री पन्त
जाजरकोट ११, माघ
जाजरकोटको कुशे गाउँपालिकाले जनताको घर आँगनमै पुगेर सरकारी सेवा दिन थालेको छ ।  विशेष कार्यक्रम नै वनाएर गाउँपालिकाले विकट वस्तीहरुमा विभिन्न सरकारी सेवाहरु एक साथ दिन सुरु गरेको हो ।
नागरिता, सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिकलाई फाइवर सिरक वितरण, ७० वर्ष पुगेका जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच, अपांगहरुलाइ परिचय वितरण वितरण गरेको छ ।


यस्तै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता, गरिव घर परिवारहरुलाइ परिचय पत्र वितरण, रेविज रोग विरुद्ध खोप दिने, तरकारीका विउ विजन वितरण तथा परामश सेवा प्रदान गरिएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले बताए ।
बिहीवार कुशे गाउँपालिका ५ को थर्पुमावि ढिमेमा ७० वर्ष माथिका ७८ जना जेष्ठ नागरिकलाई फाइवर सिरक, २३ जनालाई गरिव परिचय पत्र वितरण गरिएको छ । जसमा अतिगरिव १२ जना, सामान्य गरिव २ जना र मध्यम गरिव ९ जना छन । यस्तै ६० जना जेष्ठ नागरिकको निशुल्क उपचार गरिएको छ उनीहरुको उपचार जिल्ला अस्पताल जाजरकोटका डाक्टर अमिन शाहले गरेका हुन । यस्तै अपागं परिचय पत्र वितरण लगायतका काम प्रियंका झालगायतको सरकारी टोलीले गरेको हो । सय भन्दा बढी कुकुरलाई रेविज विरुद्धको सुई लगाएको छ ।
८२ बर्षिय कमलदेवी खत्रीलाई सामाजिक सुरक्षा भत्ता, कर्णे चनारालाई गरिव परिचय पत्र वितरण गरेर गाउँपालिकाका अध्यक्ष बस्नेत र उपाध्यक्ष रामछाया शाहीले एकीकृत घुम्ती शिविरको सुरुवात गरेका थिए । शिविरमा एक जनाले क वर्ग, २ जनाले ख वर्ग, ५ जनाले र २ जनाले घ वर्गको अपागता परिचय पत्र पाएका छन ।
घरदैलोमै सरकारी सेवा पाएपछि ढिमेवासी खुशीले गदगद् भएका छन । फाइवर शिरक पाएपछि कमलादेवी खत्रीले धेरै खुसी लागेको बताइन् । उनले बल्ल जनताको सरकार आएजस्तो अनुभूति भएको पनि उल्लेख गरिन् ।
समाजसेवी दलबहादुर थापाले घरदैलोमै जनतालाई सरकारी सेवा दिने गाउँपालिकाको कदमको प्रशंसा गरे । उनले भने, बस्तावमा स्थानीय सरकारले गर्ने काम यही हो, नागरिकता लगायतका सेवा लिन सदरमुकाम जान नसक्ने जनतालाई ठुलो राहात भएको छ । कुशे गाउँपालिकाका अध्यक्ष बस्नेतले आगामी दिनहरु प्नि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रकाशित मितिः ११ माघ २०७५, शुक्रबार ०८:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *