८३ बर्षको उमेरमा नागरिकता : बल्ल नेपाली नागरीक भइयो

बद्री पन्त
जाजरकोट १५, माघ ।
जाजरकोटको कुशे गाउपालिका ८, ला“ताका चन्द्रबहादुर बस्नेतले ८३ बर्षको उमेरमा नागरिकता पाएका छन । कुशे गाउपालिकाले गत १० गते देखि घुम्ती शिविरको आयोजना गरेर चन्द्रबहादुरले नेपाली नागरिकता प्रमाण पाउने अवसर पाएका हुन ।
तीन पुस्तेसम्मकाले समेत नागरिकता पाई सक्दा पनि चन्द्रबहादुरको नागरिकता बन्न सकेको थिएन । नागरिकता वितरण टोली गाउ पुगेको जानकारी नह“ुदा र सदरमुकाम खलंगा आउन नसक्दा चन्द्रबहादुरले नागरिकताको प्रमाण पत्र पाउन सकेका थिएनन् । कुशे गाउपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा दिपेन्द्र माध्यमिक विद्यालय घरङ्गामा संचालित एकीकृत घुम्ती शिविरमा ८३ बर्षीय चन्द्रबहादुरले नागरिकता प्राप्त गरेपछि उनी खुशीले गदगद भए ।


नागरिकता नहुदा सामाजिक सुरक्षा भत्ताा लगायत सरकारी सेवाबाट पनि बन्चित हुदै आएका थिए । ‘बल्ल नेपाली नागरीक भइयो, नागरिता सिरानीमा राखेर मर्नेछु । बुढेसकालमा नेपाली नागरिक पाउदा पनि निकै खुशी भएको उनले बताए । भैसी गोठाला मै समय वित्दा नागरिक बनाउने मौका नपाएको चन्द्रबहादुरले बताए । यस अघि जिल्ला प्रशासन कार्यालय खलंगामा लिएर नागरिकता बनाई दिन पटक पटक भन्दँ कसैले नमानेको उनको गुनासो छ । छोराछोरी र नाति नातिनीको नागरिकता बनी सक्दा पनि मेरो नागरिकता बन्न नसक्दा दुःखी थिए । घर आ“गनमै नागरिकता वितरण गर्ने टोली आएर चन्द्रबहादुर लगायत सयौंको उद्धार गरेको स्थानीय दलबहादुर थापाले बताउनु भयो ।


एकीकृत घुम्ती शिविरमा २ दर्जन बृद्धबृद्धा सहित २ सय १२ जनाले नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै शिविरमा ३ सय २ जनाले फोटोसहितको मतदाता नामावली फारम भर्ने मौका पाएका छन् । घुम्ती शिविरमा नागरिकता प्राप्त गर्ने महिलाको संख्या बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले बताउनु भयो । शिविरमा ७२ पुरुष र १ सय ४० महिलाले नागरिकता प्राप्त गरेका छन ।

यस क्षेत्रका अधिकांश पुरुषहरु कमाईका लागि भारत गएकाले नागरिकता विहीन महिलाले नागरिकता बनाउन नपाएको बताइएको छ । कुशे गाउपालिकामा १ हजार ५ सय जनता नागरिकता विहिन रहेको गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो । कुशेमा अर्कोपटक एक साताको शिविर आयोजनाका लागि प्रमुख जिल्ला अधिकारस“ग परामर्श गर्ने बस्नेतको भनाइ छ ।
जनतालाई घर आ“गनमै सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयसंग सहयोग लिएर एकीकृत घुम्ती शिविर संचालन गरेको अध्यक्ष बस्नेतले बताउनु भयो । ‘पहिलो चरणमा गाउपालिकाको एउटा मात्र स्थानमा एकीकृत घुम्ती शिविर राखेका छौं, आगामी दिनमा प्रत्येक वडामा शिविरको आयोजना गर्नेछा,ैं’ बस्नेतले भन्नु भयो ।

प्रकाशित मितिः १५ माघ २०७५, मंगलवार १८:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *