हजार कुकुरलाई रेविज विरुद्धको सुई

बद्री पन्त
जाजरकोट १७, माघ ।
कुशे गाउँपालिकाले १ हजार कुकुरलाई एण्टी रेविज सुई लगाएको छ । पशु सेवा अन्र्तगत कुकुरलाई एण्टी रेविज सुई लगाएको हो ।
कुशे गाउपालिकाको आयोजनामा गत माघ १० गतेदेखि देखि १५ गतेसम्म कुशे ५ को ढीमे, ६,७, ८ र ९ को घरंगा, ४ को चौरीखेत र १,२ र ३ को टापुचौरमा संचालित एकीकृत घुम्ती शिबिरमा हजार कुकुरलाई रेविज रोग विरुदको खोप दिइएको पशु उप शाखा प्रमुख रत्नबहादुर डाँगीले बताउनु भयो । शिवीरमा ल्याएका हजार कुकुरलाई रेविज सुई लगाएका छौं डाँगीले भन्नु भयो ।


शिवीरमा ल्याउन छुटेका कुकुरलाई घरघरमा गएर सुई लगाउने अभियान जारी छ उहाँले भन्नु भयो । अब दम्दा, समाईला र चाल्ना गाउँमा प्राविधिक साथीहरु जानु भएको छ । कुशेमा १ हजार ५ सय कुकुरको संख्या रहेको अनुमान गरेका छौं, सवैको घरमा पालिएका कुकुरहरुलाई रेविज सुई लगाउने गाउँपालिकाको अभियान सफल हुन्छ शाखा प्रमुख डाँगीले बताउनु भयो ।
घर आगनमै पशुचौपायाको उपचार सेवा पाएको कुशे ७ नारेका लालबहादुर शाहीले बताउनु भयो । कुकुरलाई रेविज सुई पहिलो पटक लगाइयो शाहीले भन्नु भयो । गाउँघरमा कुकुर बहुलाउने, मान्छेलाई टोक्ने समस्या थियो शाहीले भन्नु भयो ।
कुशे गाउपालिकाका ९ वटै वडाका स्थानीयको घरदैलोमा पुगेर सरकारी सेवा कुकुरले पनि पाए भने यो भन्दा जनतालाई अरु के सेवा हुन्छ शाहीले भन्नु भयो । हामीले घरदैलोमै कुकुरलाई रेविज सुई, गाई, भैसी, भेडाबाख्रा, चन्लाको निः शुल्क औषधी उपचार पायौं । गाउँपालिकाले जनताको हितमा राम्रो कामको थालनी गरेको छ शाहीले भन्नु भयो ।
यसैगरी अन्य ४ हजार पशुबस्तुलाई औषधी तथा विरामी पशुबस्तुको उपचार समेत गरिएको छ । शिवीरमा ३ हजार स्थानीय लाभान्वीत भएका डाँगीले जानकारी दिनु भयो । दुर्गम गाउमा सहजरुपमा सरकारी सेवा पाउदा कुशे गाउपालिकाका स्थानीय कृषक खुशी भएका छन् ।

प्रकाशित मितिः १७ माघ २०७५, बिहीबार २०:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *