ओझेलमा आकर्षक झरना

बद्री पन्त
जाजरकोट १८, माघ
जाजरकोट जिल्लाकै सबै भन्दा आकर्षक मानिने बारेकोट गाउँपालिकामा रहेका रापानी झरना आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा रहेका छन । बारेकोट पदमार्ग नजिकै रहेका दुई वटा झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।
बारेकोट गाउँपालिकाको वडा नम्बर ८, मा पर्ने लैखम गाउँबाट करिब १ किलोमिटर दक्षिण पुर्वमा रहेका झरनाको बनावट अनौठो खालको रहेको छ । आवश्यक प्रचारप्रसारको नहुदा यो क्षेत्र ओझेलमा परेको स्थानीय गणेशबहादुर खत्रीले बताउनु भयो । सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुन सके पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने थियो खत्रीले भन्नु भयो ।
माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आक्रशन बढाएको छ । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको छ स्थानीय भावना खत्रीले बताउनु भयो । यहाँ दुई वटा झरना रहेका छन जसम तल्लो रापानी झरना र माथिल्लो रापानी झरना रहेका छन खत्रीले जनाउनु भयो ।
छेउमै कलकल वग्ने नलसिंहगाड खोलाको सुन्दरता संगै खुल्ला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवम आकर्षक पर्यटकीय स्थल वनाउनु पर्ने समीक्षा सिंहले भन्नु भयो । शनीबार तथा विदाको समय झरनामा पुगेर फोटा खिच्ने तथा समाउने युवायुवतीहरुको संख्या पनि ठुलै हुन्छ सिंहले भन्नु भयो ।
झरनासम्म पुग्नका लागि पक्की घोरेटो बाटो र मान्छेहरु हिड्ने सहज पैदल मार्ग निर्माण गर्नु पर्ने स्थानीय पार्वती केसीको भनाइ छ । झरनासम्म पुग्नलाई गतिलो बाटो समेत छैन ।
झरनाको उचित प्रचारप्रसार गर्न सके लैखम गाउँकै नाउ उच्च हुने केसीले बताउनु भयो । ७ सय बर्ष पहिले खगेनकोटी राजा सिकार खेल्न गएको बेला उक्त झरनाको पानी पिएको किंबदन्ती छ । राजाले पिएको पानी भएको हुदा यस झरनाको नाम रापानी झरना रहन गएको बुढापाका जयबहादुर खत्रीले बताउनु भयो ।

समुद्री सतहदेखि करिब १ हजार ५ सय मिटरको उचाइमा रहेका तल्लो झरनाको लम्बाई झण्डै ८० मिटर छ भने माथिल्लो झरनाको २ सय मिटर छ । झरना नजिकैबाट छर्लङ देखिने बारेकोट प्रवेश गर्दाको खाँरागल्छी, झरनाको तलबाट सुसाउदै बग्ने नलसिंहगाड खोला, वरिपरी रहेको हरियो वन जंगलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, घोरल, बँदेल, झारल, चिरकालिज, कालिज, डाँफे जस्ता विभिन्न जंगली जनावरहरु तथा पंछीहरु देख्न सकिन्छ ।
यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने स्थानियको विश्वास छ । झरनाको प्रचार र प्रर्वधन गर्नका लागि गाउँपालिकाले पनि पहल गर्ने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जनाउनु भयो । आगामी दिनमा विभिन्न कार्यक्रम तय गरी झरनाको विकास गरिने छ शाहले भन्नु भयो ।
बारेकोट गाउँपालिका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थलहरु रहेका र तीनीहरुको प्रचारप्रसारमा गर्न गाउँपालिका लागि परेको छ अध्यक्ष शाहले बताउनु भयो । लैखमको रापानी झरना हेर्न गाउँका स्थानीयहरु झरना स्थल पुगेर रमाउने गरका छन । यस क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन जोड दिनु पर्ने लैखमबासीको माग छ ।

प्रकाशित मितिः PRODUCT_NAME::Invalid Year     १८ माघ २०७५, शुक्रबार ०५:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *