बद्री पन्त
जाजरकोट १८, माघ
जाजरकोट सदरमुकाम खलंगा देखि २० कोष उत्तरपुर्वी क्षेत्रमा अवस्थीत छ बारेकोट गाउँपालिका । यो जिल्लाकै अति दुर्गम गाउँपालिका हो । यसमा साविकका रामीडाँडा, रोकायगाउँ, नायकवाडा र सक्ला गाउँविकास समितिलाई समेटेर गाउँपालिका बनाईएको हो । यहाँका स्थानीयबासी २ दिन पैदल हिडेर सदरमुकाम खंलगा पुग्छन भने दैनिक उपभोग्य बस्तुको डुवानी मान्छे, घोडा खच्चडबाट गरिन्छ । यहाँका नागरीकले भोगेको दुःख पिडा विस्तारै हराउदै जाने भएको हो ।
यहाँकाबाँसीहरुको एउटै मात्र सपना हो गाडी चढ्ने र घरआँगनमै सडक आएको हेर्न पाउँनु । अब त्यो सपना पुरा हुने भएको छ । गाउँपालिकाको केन्द्र लिम्सा सडक संजालले जोडिन लागेपछि गाडी चढ्ने बारेकोटी जनताको सपना पुरा हुने भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुरले शाहले बताउनु भएको छ ।
जिरो प्वाइन्ट ध्यापाटाकुरा देखि गाउँपालिका केन्द्र लिम्सा १३ किलोमिटर सडक मध्य ९ किलोमिटर सडक निर्माण पुरा भएको र ४ किलोमिटर खण्डमा काम भइ रहेको अध्यक्ष शाहले बताउनु भयो । सेपुखोला पारीपट्टी रहेको भिर, दिपेन्द्र मावि आगाडिको भिर, काउँलीबजार वारीको भिर फोड्ने काम भइ रहेको छ शाहले भन्नु भयो ।
युद्ध स्थरमा काम अगाडि वढेको छ बैशाखसम्म लिम्साको ट्रयाक ओपन गरेर मोटर पुर्याउने लक्ष्य रहेको छ शाहले भन्नु भयो । बारेकोटबाट २/३ दिन पैदल हिडेर खलंगा , सुर्खेत नेपालगन्ज मोटर भेटाउनु पर्ने वाध्यताको अन्त्य हुने शाहले बताउनु भयो । अहिले आफनै घर आँगनवाट गाडी चढेर सदरमुकाम खलंगा र सुर्खेत नेपालगन्ज जाने दिन आउँदा सबैको मन रमाउने गरेको बारेकोट गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष लालभक्त शाहीले बताउनु भयो ।
गाउँमा सडक पुगेपछि गाडी चढेर यात्रा गर्न पाउने भएपछि बारेकोट बासी हर्षित छन सिंहले भन्नु भयो । ध्यापाटाकुरा देखि सिर्के र अधेरीखोला देखि सेपुखोलासम्मको सडक निर्माणको काम सकिएको छ भने, सक्ला देखि लिम्सा र काउलि देखि धुमासम्म सडक निर्माणको काम निरन्तर चलिरहेको छ । साथै कुशे जोड्ने हानिसल्ला देखी लिम्सा सम्म मोटरबाटोको डि.पी.आर.रिपोर्ट पुरा भइसकेको र लगतै काम अगाडी बढाउने तयारीमा रहेको अध्यक्ष शाहले बताउनु भयो ।
भौगोलिक विकटता र आर्थिक विपन्नता धेरै भएको बारेकोटका वस्तीहरु क्रमश सडक संजालमा जोडिदै गएपछि स्थानीय सर्वसाधारणहरुले पनि परिवर्तनको अनुभुति गर्न थालेका छन् । विकासमा विकटता मात्र होइन स्थानीय कृषि उत्पादनमा राम्रो सम्भावना वोकेको बारेकोट गाउँपालिकाका स्थानीयहरु सडकवाट आसावादी हँदै गएका विरेन्द्र ऐश्र्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताउनु भयो ।
बारेकोटी गाभा, अधुवा, टिमुर, ओखर, बोझो, कोदो र अलैचीको उर्वर भुमि रहेको बारेकोटका वस्तीहरुमा सडकको पहँुच पुगेपछि स्थानीय उत्पादन तर्फ आकर्षण वढ्ने सिंहको भनाइ छ । बारेकोटेका ग्रामीण वस्ती र खेतवारीहरुमा सडक सन्जालले ठुलो सहयोग गर्ने सम्भावना रहेको छ प्रअ सिंहले बताउनु भयो ।
जिल्लाको सवै भन्दा दुर्गम र विकट गाउँपालिकाको रुपमा रहेको बारेकोटका विकट र ग्रामीण वस्तीहरुमा सडक पहुँच पुगेपछि सर्वसाधारणहरु कृषि उत्पादन र व्यावसाय तर्फ उन्मुख हुने उपाध्यक्ष ओमा शाहीले बताउनु भयो । पहिलेको र अहिलेको दैनिकी निकै फरक भएको र बारेकोटको विकटता सडकले हटाउदै गएको छ शाहीले भन्नु भयो ।
बारेकोटको सडक निर्माणमा ५ वटा स्काभेटर प्रयोग गरेर छिटो भन्दा छिटो सडक निर्माणको काम भइरहेको छ । गाउँपालिकाबाट सडकमा ३ करोड वजेट खर्च भएको जनाएको छ । वडा नम्बर ८ सेपुखोला, ९ को सक्ला र ६ को घर्तीगाउँ वडा कार्यालयमा सडक पुगि सकेको र बाँकी रहेका वडाहरुमा १ बर्ष भित्रै सडक पुर्याउने अध्यक्ष शाहले बताउनु भयो । सडक निर्माणमा वजेट अभाव नहुने शाहले बताउनु भयो ।
बारेकोटबासी सवैले सडक विस्तारले दैनिकी फेरिएको महसुस गरेका छन् । सडक निर्माण भएपछि सेपुखोला देखि काउँली बजारसम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको बारेकोट ६ करुकाका वीरेन्द्र थापाले बताउनु भयो । पहिले मान्छे हिड्नलाई साघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो अहिले गाउँपालिले मोटरबाटो निर्माण गर्यो जनतालाई धेरै सहज भएको छ, थापाले भन्नु भयो । बारेकोटबासीको सडक सपना पुरा हुदै छ यसैमा हामीले गर्भ गर्नु पर्छ थापाले बताउनु भयो ।