वाल मैत्री स्थानिय शासन सम्वन्धि अभिमुखीकरण गोष्ठी

बद्री पन्त
जाजरकोट १८, माघ
जाजरकोटको भेरी नगरपालिका ३ र ४ मा रहेका त्रिभुवन मावि खलंगा र वुद्धी आधारभुत विद्यालय वोहरामा वाल मैत्री स्थानिय शासन सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अष्टेलियन एड,कारितास अष्टेलियाको आर्थिक सहयोगमा कारितास नेपाल र युवाजागरण विकास केन्द्र नेपाल (यार्सन ) जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविको पार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगत वालवालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत सो अभिमुखीकरण सम्पन्न गरीएको हो ।
युवाजागरण विकास केन्द्र नेपालको आयोजना र भेरी नगरपालिका वडा नं ३ र ४ को समन्वयमा सन्चालित वालमैत्री स्थानिय शासन सम्वन्धि गोष्ठीमा वडाका जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक र वालक्लवका वालवालिकाहरुको सहभागीता रहेको थियोे ।
वुद्धि आधारभुतविद्यालयवोहरामा वडा नं ४ का वडाध्यक्ष खम्वजंगशाहको विशेस उपस्थीतीमायही माघ १७ गते कार्यक्रम सम्पन्न गरीएको थीयो । अधिमुखीकरण कार्यक्रममा नागरीक समाजका संयोजक राजेन्द्र विक्रम शाह, यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेव बसनेत ले सहजीकरण गर्नु भएको थियो ।
त्यसैगरी त्रिभुवन मावि खलंगामा वडा न. ३ काकार्यवाहक वडाध्यक्ष सीर्जनाविकको विशेस उपस्थीतीमा कार्यक्रम सम्पन्न गरीएको हो । गोष्ठीमा भेरी नगरपालिका वडा नं ३ का वडा सचिव उपेन्द्र जङ्ग शाह, श्रोत शिक्षक एवं वालअधिकारका लागि जिल्ला स्तरिय नागरिक संजाल जाजरकोटका अध्यक्ष रेखा शाह, विव्यस सदस्य अमृता वली लगायतको सहभागीता रहेको थियो ।
सहभागीहरुलाई वालमैत्रि स्थानियशासनको अवधारणा, वालमैत्रि स्थानिय शासनका सुचकहरु, स्थानियतहले यसको लागी खेल्ने भुमीकाआदीको वारेमा सहजिकरन गरीएको थियो । वालवालिकाहरुले सरोकारवालाहरुसँग आफुहरुका लागी वडा पालिकाले वजेट विनीयोजन गर्नु पर्ने धारणा राखेका थिए । जन प्रतिनिधिहरुले आफुहरुले वालवालिकाहरुका लागी आफुहरुले उचित वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन ।

प्रकाशित मितिः १८ माघ २०७५, शुक्रबार १९:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *