बारेकोटबासीको विकासको सपना पुरा गरेरै देखाउँछु

बद्री पन्त
जाजरकोट १९, माघ ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बारेकोट गाउँपालिकामा तीन बर्ष भित्रमा परिणाम आउने गरी काम गरेर देखाउने बताउनु भएको छ । आफ्नो पहिलो काम मोटरबाटो पुर्याउँनु रहेको बताउनु भयो । त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी अन्य पुर्वाधारहरुमा पनि जनताले अपेक्षा गरे अनुसार काम गरेर देखाउने शाहले भन्नु भयो । आफु कुरा हैन काम गरेर देखाउने व्यक्ती हु भन्नु भयो । आफु माझ थुप्रै अवसर तथा चुनौतीहरु रहेको र त्यसलाई चिरेर अगाडि बड्ने शाहको भनाई रहेको छ ।
आफु निर्वाचीत भएर आएको १८ महिना भित्रमा धेरै काम गरेको शाहले बताउनु भएको छ । यहाँका बाँसीहरुको एउटै मात्र सपना हो गाडी चढ्ने र घरआँगनमै सडक आएको हेर्ने त्यो पनि काम हुदै छ । बैशाख भित्रमा गाउँपालिकाको केन्द्र लिम्सासम्म मोटरबाटो पुर्याउछौं । सडक पुगेपछि गाडी चढ्ने बारेकोटी जनताको पहिलो सपना पुरा हुन्छ शाहले बताउनु भएको छ । जिरो पान्ट ध्यापाटाकुरा देखि गाउँपालिका केन्द्र लिम्सा १३ किलोमिटर सडक मध्य ९ किलोमिटर सडक निर्माण पुरा भएको छ । बाँकी ४ किलोमिटर खण्डमा काम भइ रहेको छ ।
सेपुखोला पारीपट्टी रहेको भिर, दिपेन्द्र मावि आगाडिको भिर, काउँलीबजार वारीको भिर फोड्ने काम भइ रहेको छ शाहले भन्नु भयो । युद्ध स्थरमा काम अगाडि वढेको छ बैशाखसम्म लिम्साको ट्रयाक ओपन गरेर मोटर पुर्याउने लक्ष्य रहेको छ शाहले भन्नु भयो । बारेकोटबाट २÷३ दिन पैदल हिडेर खलंगा , सुर्खेत नेपालगन्ज मोटर भेटाउनु पर्ने वाध्यताको अन्त्य हुने र यो नै जनताको लागि खुसीको अबसर हुने शाहले बताउनु भयो ।
यसैगरी गाउँपालिकामा आफुले केहि नयाँ काम समेत गरेको शाहको भनाइ छ । गत आर्थिक बर्ष २०७४÷०७५ मा १ देखि ९ वडामा ९ वटा हेलिप्याड तथा खेलमैदान निर्माण गरेको बताउनु भयो । ३ स्थानमा सामुदायीक स्वास्थ्य एकाई भवन निर्माण गरी स्वास्थ्य सेवा सन्चालन गरिएको छ । १ र ८ वडाको बस्ती ठुलो भएकोले २ स्थानमा सामुदायीक स्वास्थ्य एकाई भवन बनाएर जनतालाई सहज स्वास्थ्य सेवा दिलाउने काम हुन्छ शाहले भन्नु भयो । ८ को लैखम, ६ को धुमाघर्तीगाउँ, ५ को नायकबाडा, ३ को रुमसिल, १ को सिर्पाचौर, ९ को खारी रगर्यामा, १ को धौलाकोट र ७ ट्याट्यारे खानेपानी गरी ८ वटा बृहत खानेपानी आयोजना यसै बर्ष निर्माण हुने छन् । ३ हजार ५ सय ७५ घरपरिवार रहेको गाउँपालिकामा ८ वटा खानेपानी आयोजनाबटा २ हजार ५ सय घरपरिवार लाभान्वीत हुने शाहले बताउनु भयो । ३८ वटा विद्यालयको शैक्षिक गुनस्तर सुधार गर्न विशेष शिक्षा योजना लागु गर्ने शाहले बताउनु भयो ।


सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएत क्षेत्रमा ३ बर्षमै आमुल परिवर्तन आउने गरी गाउँपालिकाबाट काम भई रहेको छ शाहले भन्नु भयो । लिम्साको प्राथामिक स्वास्थ्य केन्द्रलाई स्थर बृद्धि गरी १५ शैयाको अस्पताल बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ शाहले जनाउनु भयो । गाउँपालिकाको सडक गुरुयोजना निर्माणको चरण रहेको छ । यसैबर्ष ६ वटा वडापालिकाका भवन निर्माण हुने शाहले बताउनु भयो । ५, ८ र २ वडाको भवन अर्को बर्ष निर्माण गर्ने लक्ष्य रहेको छ । गाउँपालिकाको भवन दशैंसम्म निर्माण गर्ने गरी काम तीव्र गतिमा भइ रहेको छ शाहले भन्नु भयो ।
्बारेकोट गाउपालिकामा पर्यटन प्रवद्र्धन तथा कृषि उपज, खनिज, जटीबुडी लगाएतलाई बजारीकरण गर्न सडक निर्माणमा जोड दिएको छ । उत्पादन क्षेत्र, बाक्लो मानब बस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थल लगाएत संरक्षणमा जोड दिने पनि शाहको भनाई छ । सयांै प्ररकारका जडीबुटीले धनी गाउपालिका मानिन्छ । बारेकोटी गाभा, अधुवा, टिमुर, ओखर, बोझो, कोदो र अलैचीको उर्वर भुमि रहेको बारेकोटका वस्तीहरुमा स्थानीय उत्पादन बढाउने शाहले बताउनु भयो ।
बारेकोट गाउँपालिका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थलहरु रहेका र तीनीहरुको प्रचारप्रसारमा गाउँपालिले जोड दिने अध्यक्ष शाहको भनाई छ । कुशे जोड्ने हानिसल्ला देखी लिम्सा सम्म मोटरबाटोको डि.पी.आर.रिपोर्ट पुरा भइसकेको र लगतै काम अगाडी बढाउने तयारीमा रहेको अध्यक्ष शाहले बताउनु भयो ।

प्रकाशित मितिः १९ माघ २०७५, शनिबार ०७:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *