धान खेत बाँझै

बद्री पन्त
जाजरकोट २०, माघ ।
जाजरकोटको नलगाड नगरपालिका -८, को कायाखेत ज्युलो जिकुवा हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले २ वटा सिंचाई कुलो भत्काएपछि कायाखेत जिउलो बा“झो रहेको छ । सडक खन्ने क्रममा सिंचाई कुलो भत्किएपछि खेती योग्य जमिन तथा धना लगाउने खेत बा“झो रहेका हुन । खेतको माथि अन्दाधुन्द सडक खनी कुलो भत्काएपछि यस्तो समस्या आएको हो ।
नलगाड नगरपालिका ८ कायाखेतका होमप्रकाश सिंहले ५ रोपनी धान फल्ने खेत खेती लगाउन नपाएको २ बर्ष भयो । उनको २ बर्ष देखि धान फल्ने खेतबारी बाँझो रहेको छ । त्यसैगरी कर्णबहादुर शाहले खेत बाँझो रहदा धान, गहु, जौ, मसुरो, तोरी पनि लगाउन पाएका छैनन् । सिंह र शाह मात्र होइनन कायखेतका ४० घरपरिवारको २ सय रोपनी खेत बाँझो रहेका छन । यहाँका स्थानीयले २ बर्षदेखि जमिन प्रयोग गर्न सकेका छनन् ।


उक्त सडकले कायाखेत कुलो भत्काएपछि स्थानीयले २ सय रोपनीको धान फल्ने खेत रोपन नपाई विगत २ बर्षदेखि बाझै रहेको हो । अन्दधुन्द खनेको सडकका कारण माथिबाट आएको पहिरोले खेत र कुलो दुवै पुरेको स्थानीय कर्णबहादुर शाहले बताउनु भयो । सडक खन्दा आएको पहिरोको कारण बस्ती पनि जोखिममा परेको छ ।
कायाखेत स्थित टाकुरी बडाखोला डाव सिचाई कुलो र कायाखेत डाव सिचाई कुलो अबरुद्ध भएको छ । सिचाई नहुदा स्थानीयले कुनैपनि खेती नगाउन पाएका छैनन् । एउटा विकास गर्ने नाउमा अर्को विकास ध्वस्त पार्ने काम भएको स्थानीयको भनाई छ । सडकले कुलो भत्किएपछि २ सय रोपनीको कायाखेत ज्युला सिंचाई विहीन बनेको स्थानीय तारा सिंहले बताउनु भयो । अन्दाधुन्द सडक खन्दा सिंचाई कुलो भत्किंदा पनि स्थानीय सरकारले व्यवास्था गरेको सिंहको गुनासो छ । खेतमा पानी लगाउने उपाय नहुदा खेतीपाती गर्न नपाएको उहाँले बताउनु भयो ।


यो त एक उदाहरण मात्र हो । सडक खन्ने क्रममा कुलो भत्काएपछि नलगाड नगरपालिका -४ र ५ मा पनि यस्तै समस्या स्थानीयले भोग्नु परेको छ । कालीमाटी पिपलचौर रघुनाथ खनटाकुरा सिर्के सडक, सेराखेत घुवारा कृषि सडक र पिपलचौर औल खाल्चौर कृषि सडकले एकै पटक ६ वटा सिचाई कुलो अबरुद्ध बनाएको छ । ४ र ५ को सेराखेत, सिनखेत, पिपलचौर, घुवारा लगाएत स्थानको ८ सय रोपनी भन्दा बढी खेत विगत ३ बर्षदेखि बाझो रहेको ४ का वडा अध्यक्ष लक्ष्मीबहादुर रावलले बताउनु भयो । वडा पालिकासंग सिचाई वनाउने वजेट छैन, अन्य निकायले हेर्दैनन् रावले बताउनु भयो ।


सिचाई अभावमा सयौ रोपनी खेतबारी बाँझो रहेका छन भने स्थानीयले खेतबाट उत्पादन लिनबाट बन्चित हुनु परेको छ । जाजरकोटमा स्थानीय तह तथा अन्य निकायले डिपीआर विना सडक संरचना निर्माण गर्ने गर्दा जमिन बाझो हुने, भुक्षय हुने, बनजंगल विनास हुने, बस्ती पहिरोको जोखिममा पर्ने, पानीका मुहान सुक्ने लगायत वातावरणीय समस्या आउन थालेको स्थानीय चन्द्रबहदुर रावलले बताउनु भयो । विकास गर्ने नाउमा विनास पनि त्यतीकै निम्त्याएको छ उहाँले भन्नु चयो । अबरुद्ध भएका सिचाई कुलो बनाउने तर्फ सरोकारवालाले कुने पनि चासो देखाएका छैनन् रावलले जनाउनु भएको छ ।

प्रकाशित मितिः २० माघ २०७५, आईतवार ०८:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *