दुर्गममा टेलिफोन असुविधा

बद्री पन्त
जाजरकोट २१, माघ ।
जाजरकोट जिल्लामा टेलिफोन सेवाको असुविधा रहेको छ । स्थानीय बासिन्दा टेलिफोनको सेवाको पहुँच भन्दा बाहिर रहेका छन । टेलिफोनमा कुरा गर्नका लागि अग्लो रुख अथवा उकालो चढेर डा“डामा पुग्नु पर्ने वाध्यता छ । टेलिफोन टावर घाम लागे चल्ने बादन लागे बन्द हुने तथा विग्रीने गर्दा यस क्षेत्रमा फोन सम्पर्क गर्न कठिन हुने गरेको हो ।
बारेकोट गाउँपालिका ५ का भीमबहादुर सिंह घाटबजारमा ब्यापार÷ब्यवशाय गर्छन । उनी सदरमुकाम खलंगा लगाएत स्थानमा सम्पर्क गर्न मोबाईल टावर समात्ने अग्लो रुख तथा डा“डामा चढेर फोन गर्ने गर्दछन् । विगत २ बर्षदेखि बारेकोटको रतनकोट स्थित जन्तेलेकको टावर मर्मत नहुदा स्थानीय फोन सम्पर्क विहीन भएका हुन् । टेलिफोनको समस्या ब्यहोर्दै आएका भीमबहादुर एक प्रतिनिधी उदाहरण मात्र हुन् । उनी जस्तै जाजरकोटका हजारौं स्थानीय बासिन्दालाई टेलिफोनको असुविधा भएको हो ।
जिल्लाका सबै भेक तथा क्षेत्रलाई कभरेज हुने गरी टेलिफोनका टावर नबन्दा र बनेका टावरको पनि नियमित मर्मतसंभार नहुदा स्थानीय बासिन्दालाई टेलिफोनको असुिवधा भएको विरेन्द्र ऐश्र्य माद्यामिक विद्यालय बारेकोट लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताउनु भएको छ । घाम छ टेलिफोन छ, घाम छैन टेलिफोन छैन । नेपाल टेलिकमको चरम लापरबाहीका कारण टेलिफोन तथा इन्टरनेटको भरपर्दो सेवा पाउन नसकेको सिंहको भनाइ छ ।


यहा“का ७ वटा स्थानीय तहमा बसोबास गर्ने मध्ये ८० प्रतिशत स्थानीय बासिन्दा टेलिफोन सेवाको पहु“च बाहिर रहेका छन । कुशे गाउपालिका र बारेकोट गाउपालिकाको फाट्फुट अग्लो ठाउ बाहेक अन्यमा मोबाईल सेवाको पहु“च छैन । टेलिफोन तथा इन्टरनेटको पहुँच नहुदा स्थानीय तहमा काम गर्न समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । बारेकोटका लिम्सा, नायकबाडा, सक्ला, काप्ती, लविस, जिरी, मुल्साम, स्या“ला, सेपुखोला, घाट, मैना, धौलाकोट, लैखम लगाएत स्थानमा टेलिफोन तथा मोबाइल सेवाको पहु“च नभएको शाहले भन्नु भयो ।
यसैगरी कुशेको टापुचौर, बाटुले, छेडा, खल्ला, चाल्ना, लाता, औलरिजा, जिन्ताला, खुर्पाखोला, दम्दाला, खुर्पा, अर्छानी, पा“चकाटीया, समाईला, नारे, समाकोट, घरंगा, जुनीचाँदे मजकोट, दह, सानाखोला, पराले, गर्खाकोट, छेडाको थलहबजार, झाप्रा, मनघाट, शिबालयको मोर्कबजार, बालुवाबजार र नलगाडको चौखाबजार, बानियागाउ, दम्का, रावतगाउ, तात्रघरंगा, गर्छीना, सिर्केलगाएत स्थानमा पनि फोनसेवा पहु“च नभएको हो ।
दुर्गम गाउमा रहेका स्काई मोबाईल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नेटवर्क नआउने समस्याले स्थानीइ बासिन्दा आजित भएका छन् । फोन सेवा नहु“दा स्थानीय बासिन्दालाई मात्र समस्या छैन । गाउपालिका र नगरपालिकाले तोकेको केन्द्रबाट सरकारी सेवा समेत प्रवाह गर्न पाएका छैनन् । जिल्लाका अधिकांश स्थानीय तहले टेलिफोन, इन्टरनेट, बैंक, विद्युत लगाएत सुविधा नभएको भन्दै सदरमुकामबाटै सेवा संचालन गर्दै आएका छन् । जस्का कारण दुर्गमका सेवाग्राहीले सेवा लिन सास्ती ब्यहोर्नु परेको अध्यक्ष शाहको भनाई छ ।
जिल्ला सदरमुकाम खलंगाबजार भित्रै टेलिफोन तथा मोवाइल सेवाको गतिलो पहु“च नभएको छैन दुर्गम गाउका के कुरा गर्नु खलंगा भित्रै गहिरो र कोल्टो ठाउमा मोबाइलले टावर आउदैन । टेलिकमले नियमित रुपमा टावर र विटीएसहरुको मर्मत तथा संभार गर्ने, नया“ टावर निर्माण गर्ने, क्षमता विस्तार गर्ने, पावर अपडेट् गर्ने, लाईन सुधार गर्ने लगाएत कार्य नगर्दा फोन तथा इन्टरनेटको भरपर्दो सुविधा नभएको हो । टेलिकमको शाखा कार्यालय जाजरकोट विगत ७÷८ बर्षदेखि कार्यालय प्रमुख विहीन छ । कार्यालय प्रमुख नहु“दा टेलिफोन सेवाका लागि नितिगत निर्णय गर्ने, विटीएसको क्षमता थप गर्ने, मर्मत संभार लगाएत कार्य अलपत्र परेका हुन् । जस्ले जिल्लामा दुरसंञ्चार सेवा प्रवाहमा वाधा पुगेका छन ।


नलगाड नगरपालिका २ को गडी, बारेकोट गाउपालिका ५ को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउपालिका ८ को ला“ताचुली, शिवालय गाउपालिका ५ को चिउ“दुवा र जुनीचा“दे २ स्थित भैरीलेक लगाएत ८ स्थानमा टेलिफोन टावर रहेको नेपाल टेलिकम शाखा जाजरकोटका निमित्त प्रमुख पदमबहादुर मल्लले बताउनु भयो ।
विजुली बत्ती नहुदा समस्या आउने गरेको छ । सोलारबाट चार्जबाट चार्ज हुने र बादल तथा पानी पर्दा टावरमा सम्स्या आउने गरेको मल्लको भनाइ छ । उक्त टावर निर्माणको लागि नेपाल टेलिकमले गत बर्षको अक्टोवरमा एक बर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एष्टर नेपाल प्रालिस“ग सम्झौता गरेको छ । तर कम्पनीको लापरवाहीले टावर निर्माण अलपत्र परेका हुन् । जाजरकोटका विभिन्न स्थानमा रहेका स्काई मोबाइल टावरको सेवालाई समेत गुणस्तरीय नहुदा जनतालाई टेलिफोन समस्या छ ।

प्रकाशित मितिः २१ माघ २०७५, सोमबार ०८:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *