जाजरकोटमा काँग्रेसको प्रर्दशन

बद्री पन्त
जाजरकोट २२, माघ
नेकपा नेतृत्वको सरकार विरुद्ध नेपाली काँग्रेस जाजरकोटले सदरमुकाममा वृहत प्रदर्शन गरेको छ । सोमवार सदरमुकाम खलंगामा काँग्रेसले जुलुस र सभा मार्फत सरकार विरुद्ध प्रदर्शन गरेको हो ।
सरकार विरोधी प्रदर्शनका क्रममा काँग्रेसका नेता कार्यकर्ताहरुले निर्मला पन्तका हत्यारालाई कारवाही हुनु पर्ने, ३३ किलो सुनको तस्कर गर्नेलाई कारवाही हुनु पर्ने, वाइडवडी खरिद प्रकरणका दोषीलाई कारवाही हुनु पर्ने , डाक्टर गोविन्द केसीका मागलाई सम्वोधन गर्नु पर्ने लगाएतका माग राखेका थिए ।


पार्टी कार्यालय थाप्लेवाट निस्किएको जुलुस ठाँटीवजार हुदै वाहुनवाडा, गैरीखाली, दरवार र पिपलडाडा हुदै पुन ठाँटीवजारमा पुगेर कोण सभामा परिणत भएको थियो । स्थानीय ठाँठीवजारमा भएको कोण सभामा वोल्दै नेपाली काँग्रेसका नेता एवम पुर्व साँसद राजीवविक्रम शाहले जनताको मतले दुइतिहार वहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको हुदा काँग्रेस आन्दोलन गर्न वाध्य भएको वताउनु भयो ।
नेकपाको सरकार वनेपछि भ्रष्टाचार, हत्या वलत्कार र अराजकता मौलाएको भन्दै नेपाली काँग्रेसले मात्र नभएर सारा जनताले सरकारको विरोध गरिरहेको शाहले बताउनु भयो । नेकपाको केन्द्रिय समिति र सरकार तथा संसदमा वहुमत नेताको उपस्थिति भएपनि जाजरकोटी जनताले विकास र परिवर्तनको कुनै पनि नयाँ अनुभुति गर्न नसकेको शाहले बताउनु भयो ।
यस्तै युवा नेता वेदराज सिंहले दुई तिहाइ वहुमत प्राप्त सरकारले नेपाली जनतालाई झुटको खेती गरीरहेको आरोप लगाउनु भयो । सर्वहाराको सरकार भन्ने तर जनताको हितको कुरा उठाउने डाक्टर गोविन्द केसीको मागका वारेमा कुनै चासो नदिने सरकार जनताको सरकार नभएको पनि नेता सिंहको आरोप थियो । नेपाली काँग्रेसले राणा, राजा र हत्या हिंसाका विरुद्ध गरेको आन्दोलनका कारण आज देशले जनताको संविधान पाएको नेता सिंहले वताउनु भयो ।
नेपाली काँग्रेसलाई हराउनलाई पुर्व माओवादी र पुर्व एमालेका विचमा गठवन्धन भएको र यसले देश र जनताको हितमा कुनै उल्लेख्य काम गर्न नसकेको नेता सिंहले आरोप लगाउनु भयो । नेपाली काँग्रेस जाजरकोटका कार्यवाहक सभापति सर्पराज रावतको अध्यक्षतामा भएको कोण सभा र विरोध जुलुसमा सयौंको संख्यामा काँग्रेसी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
झन्डा, विरोध र्याली लेखिएको व्यानर सहित आयोजना गरिएको विरोध जुलुसमा नेपाली काँग्रेस र यसका भातृसंस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघठनहरुका नेता कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली काँग्रेस जाजरकोटका कोषध्यक्ष तेजविक्रम शाहले बताउनु भयो । सरकार विरुद्धको प्रर्दशन जाजरकोटमा सफल भएको पनि शाहले बताउनु भयो ।

प्रकाशित मितिः २२ माघ २०७५, मंगलवार ०६:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *