जाजरकोट अस्पताललाई सुविधायुक्त बनाउँछु- अध्यक्ष बस्नेत

बद्री पन्त
जाजरकोट २२, माघ
जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले अस्पतालमा २ बर्ष भित्रमा नयाँ सुधार आउने गरी काम गरेर देखाउने बताउनु भएको छ । आफ्नो पहिलो काम प्रशासनीक सुधार गर्नु रहेको बताउनु भयो । ५० शैयाको अस्पतालबाट विरामीले पाउनु पर्ने उपचार सेवा अझै पनि पाउन नसकेको भन्दै यसका लागि तत्काल पहल थालीले बताउनु भयो । अस्पताल संचालनमा ठुलो समस्या भनेको भौतिक पुर्वाधार अभाव रहेको बस्नेतले बताउनु भयो ।
४०/५० बर्ष अघि बनेका जिर्न पानी चुहिले भवन छन् । यसले गर्दा ५० बेड संचालनमा बाधा पारेको बताउनु भयो । अस्पतालमा सवैले अपेक्षा गरे अनुसार काम गरेर देखाउने अध्यक्ष बस्नेतले भन्नु भयो । आफु माझ थुप्रै अवसर तथा चुनौती दुवै रहेको भन्दै त्यसलाई समाधान गरेर अगाडि बड्ने बस्नेतको भनाई रहेको छ ।


आफु विकास समितिमा आएको १ महिना भएको छ । यहाँ थुपै्र चुनौतीका चाँक रहेछन् उहाँले भन्नु भयो । अस्पतालमा प्रशासनीक अस्तव्यस्थता प्रमुख कारण रहेछ त्यसलाई सुधारको पहल थालिएको छ । कर्मचारी व्यवस्थापन समस्या पनि त्यतीकै छ उहाँले भन्नु भयो । जाजरकोट अस्पतालमा मेडिकल अधिकृत सहित ५९ जना विशेषज्ञ चिकिस्तक सहित कर्मचारीको दरवन्दी सिर्जना गरीएको छ । अहिले ४१ जना कर्मचारी अस्पतालमा छन भने १८ जना कर्मचारी अझै आउन सकेका छैनन् उहाँले भन्नु भयो । अस्पताल सवै अस्पताल हो, जिल्लाबासी सवैको साथ सहयोग चाहिन्छ आफु एक्लैले मात्र हुदैन भन्नु भयो ।
अस्पतालको भौतीक पुर्वाधार निर्माणको लागि स्वास्थ्य मन्त्रालय तथा अन्य निकायसंग पहल भइरहेको छ । प्राविधीक टोली आएर भवन वनाउने स्थान समेत पहिचान गरी सकेका छन् आशा गरौं छिटैनै भवन वन्छन । महिलालाई सुत्केरी गराउन समस्या छ । ७ बर्ष देखि प्रसुती गृह भवन निर्माण अलपत्र परेको छ । यसले पनि स्वास्थ्य सेवा प्रवाहमा ठुलो समस्या खट्कीएको छ उहाँले भन्नु भयो । अस्पताल भित्र खानेपानी तथा घेरावार लगाएत अन्य समस्या छन । डाक्टरहरुले समस्याका वावजुत पनि विरामीहरुलाई सेवा दिनु भएको छ । अस्पतालको ठुलो समस्या भने कै भवन अभाव हो । यसले गर्दा स्वास्थ्य सेवा प्रवाहमा निकै समस्या भएको अध्यक्ष बस्नेतले भन्नु भयो । विस्तारै अस्पताल सुधार आउँछ । विरामी जिल्लाबाहिर जानु पर्ने बाध्यताको अन्य गर्ने सोचमा आफुभएको उहाँले बताउनु भयो । २ बर्षे कार्यकालका लागि बस्नेत अस्पताल विकास समिति अध्यक्ष बन्नु भएको हो ।

प्रकाशित मितिः २२ माघ २०७५, मंगलवार ०७:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *