दुर्गममा बल्यो विजुली, स्थानीय हर्षित

बद्री पन्त
जाजरकोट २२, माघ ।
बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा ६ बर्षपछि विजुली बत्ती बलेको छ । विजुली बलेपछि स्थानीय बासिन्दाहरु निकै हर्षित भएका छन् । बर्षौ देखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयबासिन्दा २४ शैं घण्टा गाउँमा भिmलिमि विजुली वलेपछि दङ्ग परेका हुन् ।
गाउँपालिका ८ को सेपुखोला स्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत उत्पादन भएको छ । विजुली वलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतिपाल्ती, कोलयानी, डाडागाउँ लगाएत क्षेत्रका ३ सय ३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएको सेपुखोला लघु जलविधुत आयोजना निर्माण समितिका अध्यक्ष वेदराज सिंहले बताउनु भयो ।
बैकल्पिक उर्जा प्रवर्दन केन्दको अनुदान, नगरपालिका तथा स्थानीय बासिन्दाको जन श्रमदान गरी कुल २ करोड लागतमा विद्युत आयोजना निर्माण भएको सिंहले बताउनु भयो । विजुली बाल्न प्रति घरपरिवारले १ महिना बढी श्रमदान गरेका थिए । २ बर्षमै निर्माण हुने आयोजना भौगोलिक विकट्ताका कारण सयमयमै निर्माण हुन सकेको थिएन । अथक प्रयासपछि जनताको विजुली बाल्ने सपना पुरा भएको अध्यक्ष सिंहले बताउनु भयो ।


२४ सै घण्टा गाउँमा बिजुली बत्ती बलेपछि वटापालिका, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, पशु उपशाखा लगाएत कार्यलयको कामकाजमा सहज भएको छ । विजुलीले स्थानीयलाई टेलीभिजन हेर्न, रेडियो सुन्न, मोबाइ चार्ज गर्न, फोटोकपी÷पिन्टर गर्न तथा साना उद्योग व्यवसाय सन्चालन गर्न सहज भएको छ सिंहले भन्नु भयो ।
विजुली बलेपछि बालवालीकाहरुलाई पढ्न लेख्न प्रत्यक्ष पmाईदा पुगेको छ भने बालवालिकाहरुमा पढ्ने वानीको विकास भएको विद्यार्थी मानकुमारी बुढाले बताउनु भयो । मैन बत्ती, टुक्कीमारा र सल्लाको द्यालो बालेर पढ्नु पथ्र्याे अव विजुली वत्ती वलेपछि धेरै सहज भएको बुढाको भनाई छ । लामो समयपछि गाउँमा विजुली बत्ती बलेको देख्न पाउदा धेरै खुसी भएको स्थानीय रमीता विकले बताउनु भयो । गाउँघरमा बिजुलीको सुविधा उपलव्ध भएपछि ठुलो राहत मिलेको छ ।


बर्षौ देखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयबासिन्दा गाउँ दिनरात गाउँ भिmलिमि भएपछि दङ्ग परेका स्थानीय सोनाम विकले बताउनु भयो । हाम्रो गाउँमा विजुली थिएन । हुनेखानेका घरमा सोलार हुन्थ्यो । गरीवले सल्लाको द्यालालो र भिमलको सेटा प्रयोग गरेर उज्यालो गर्थे आजभोली दिनरात विजुली बत्ती बाल्न पाईएको छ सोनामको भनाइ छ । विजुलीले इलेक्टोनीक पसल वालालाई सहज भएको छ ।
३३ किलोवाट विद्युत उत्पादन क्षमता भएपनि ३७ किलोवाट विद्युत उत्पादन भएको अध्यक्ष सिंले बताउनु भएको छ । विद्युत खपत धेरै भएपछि साविकको १ नम्वर वडा लैखम गाउँका २ सय ४२ घरधुरीमा विद्युत विस्थारको काम अगाडि बढाईएको छ । बैशाख भित्रमा विजुली बाल्ने गरी पोल गाड्ने तारतान्ने गरी काम भइरहेको छ । लैखमगाउँमा विजुली पुगेपछि ८ वडा ५ सय ७५ घरधुरीमा विद्युतीकरण सेवा विस्थार हुने र वडा पालिका नै विद्युत मय बन्ने अध्यक्ष सिंहले बताउनु भयो । ढिलै भएपनि विजुली बत्ती बाल्ने ८ नम्बर वासीको सपना साकार भएको छ अध्यक्ष सिंहले भन्नु भयो ।

प्रकाशित मितिः २२ माघ २०७५, मंगलवार २०:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *