घोरेटो बाटो निर्माण

बद्री पन्त
जाजरकोट २६, माघ
जाजरकोटको नलगाड नगरपालिका -६, को ओख्र्यालखेतको मसानघाट देखि थाप्लासम्मको घोरेटो बाटो निर्माण भएको छ । बाटो बनेपछि स्थानीयलाई आउजाउँ गर्न सहज भएको छ ।
लामो समय देखि ओख्र्यालखेत, असारे, हरेडाडा, थाप्ला लगाएत दर्जनौं स्थानमा बाटो अबरुद्ध भएर मान्छे हिड्न समेत नमिल्ने थियो ।
स्थानीयलाई कैना बजार, कालिमाटी, दल्ली आउजाउ गर्ने एक मात्र बाटो हो । ७ बर्ष अघि कैना ओख्र्यालखेत जोड्ने झुमरा खोलामा झोलुङगे पुल निर्माण भएको थियो ।


पुल बनेपनि करीब ६ सय मिटर बाटो बनेको थिएन । अहिले खेतका जग्गा धनीले बाटो बनाउन बिच खेतबाटै बाटो दिएपछि ६ सय मिटर दुरीको बाटो उक्त बाटो पनि निर्माण गरिएको वडा अध्यक्ष पूर्णबहादुर खड्काले बताउनु भयो ।
बाटो नहुदा खेतबाटै हिड्नु पर्ने अबस्था थियो अहिले सहज भएको उहाँले भन्नु भयो । धेरै स्थानमा बाटो अबरुद्ध रहेको थियो । मान्छे हिड्लाई कठिन हुन्थ्यो अहिले सहज भएको छ अध्यक्ष खड्काले भन्नु भयो ।
बाटो निर्माणमा नगरपालिकाबाट ३ लाख र स्थानीयको ८१ हजार जनश्रमदानमा ४ किलोमिटर बाटो बनेको निर्माण समितिका अध्यक्ष मन पन्तले बताउनु भयो । पहिलेको बाटोलाई सुधार तथा नयाँ स्थानबाट खन्ने काम भएको छ ।
बाटो बनेपछि स्थानीयलाई कैना बजार आउन तथा थाप्ला, भारगाउँ, गर्छीना, मानचौर लगाएत स्थानमा जानआउन सहज भएको पन्तले बताउनु भयो । बाटो बनेपछि यस क्षेत्रकाबासीन्दाले सहजताको अनुभुती समेत गरेका छन ।

प्रकाशित मितिः २६ माघ २०७५, शनिबार २०:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *