जाजरकोट १, फागुन – नेपाली सेनाले भेरी नगरपालिका ४, रानागाउ स्थित विपी वाटिकामा पिक्नीक स्पर्ट बनाउन लागेको छ । सेनाको जाजरकोट स्थित ज्वालादल गण परिवारले ६ लाख लागतमा उक्त स्पर्ट बनाउन लागेको हो । सेनाले विपी वाटीका क्षेत्रमा ट्रष्ट भवन, शौचालय, पानी टंकी र धारा सहितको पिक्नीक स्पर्ट बनाउन लागेको हो । पिक्नीक स्पर्ट निर्माणका लागि भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले बुधबार एक कार्यक्रम विच सिलन्यास गरेका छन् । नेपाली सेनाले निर्माण गरेका पुर्वाधार गुस्तरीय हुने नगरप्रमुख घर्तीले बताए ।
नगरमा उपभोक्ता समितिले बनाएका योजना गुणस्तरहीन हुने गरेको उनको भनाई छ । सेना यस कार्यले खलंगा बजारमा रहेको पिक्नीक स्पर्टको खा“चोलाई टारेको उनले बताए ।
सेनाको क्वीक इम्प्याक्ट प्रोग्राम बाट २ लाख, भेरी नगरपालिकाको १ लाख र गण परिवारको श्रमदानबाट ३ लाख गरी ६ लाखको लागतमा उक्त स्पर्ट निर्माण हुन लागेको गणपति प्रमुख सेनानी शैलेन्द्र कोईरालाले बताए ।
जनतासंग सेना भन्ने उदेश्यका साथ यस्ता सानातिना पुर्वाधार निर्माणका कार्य गर्ने गरेको उनले बताए । नेपाली सेना हाम्रै लागि भन्नजे भावनाको विकास गर्नु जरुरी भएको उनले बताए ।
विद्यालय र सार्वजनिक स्थलमा शौचालय, बाटो लगायत पुर्वाधार निर्माण कार्य गर्दै आएको उनको भनाई छ । निर्माण शुरु भएको १ महिनामा पिक्नीक स्पर्टको काम सम्पन्न हुने गणपति कोइरालाले बताए ।कान्तिपुरबाट