जाजरकोट बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखद

बद्री पन्त
जाजरकोट ३, फागुन ।
जाजरकोट डोल्पा सडकको खलंगा रिम्ना खण्डको भेरी नगरपालिका १, पिपरी रुख भीरबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ९ जना घाईते भएका छन् ।
नेपालगञ्जबाट पश्चिम रुकुमको राडीबजार तर्फ जा“दै गरेको भे १ ख १३२९ को बस रिम्नाबजार देखि डेड् किलोमीटरको दुरीमा रहेको पिपिरी रुख भीर नजिक सडकबाट १ सय ५० मीटर तल भेरी नदी किनाराको बगरमा खसेको थियो । मृतक ४ जना मध्य २ जनाको पहिचान भएको छ ।


मृत्यु हुनेमा जगदुल्ला गाउँपालिका ४ डोल्पाका ४८ बर्षिय मीनबहादुर बोहरा र सहचालक सल्यानका २१ बर्षिय हरीबदुर रावतको पहिचान भएको र २ जनाको सनाखद हुन नसकेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकरी कृष्ण प्रसाद खतीवडाले बताउनु भयो ।
गंभीर घाईते कोहलपुर २ बाँकेका भरत चन्द्र र पश्चिम रुकुम आठविसको नगरपालिका ११ का लालबहादुर थापा मगरलाई थप उपचारको लागि नेपालगंज रिफर गरीएको छ ।
४ जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । घाईतेलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याइएको छ । होलुखोला प्रहरी पोष्टको इन्ट्री वुक अनुसार उक्त बसमा १३ जना यात्रु रहेको ट्राफिक प्रहरी सहायक निरीक्षक आनसिंह भण्डारीले बताउनु भयो । चालकको लापरवाहीका कारण बस दुर्घटना भएको भण्डारीले बताउनु भयो ।
बस दुर्घटना स्थलमा उद्घारका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा परिचालन भएका थिए ।

प्रकाशित मितिः ३ फाल्गुन २०७५, शुक्रबार ०७:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *