चालकको लापरवाहीले वस दुर्घटना -प्रजिअ बस्नेत

बद्री पन्त
जाजरकोट ३, फागुन
जाजरकोटमा विहिवार भएको वस दुर्घटना चालकको लापरवाहीले भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भएको छ । खलंगा रिम्ना सडक घुम्ती मोड तथा साँघुरो सडक, तिव्र गति तथा चालको लापरबाहि मुख्य कारणले वस दुर्घटना भएको प्रजिअ बस्नेतको भनाई छ । यस अघि जाजरकोटमा २०७१ मंसिर ४ भेरी नदीमा बस खस्दा ५४ जना तथा २०७३ फागुनमा खलंगा बोहरामा भएको बस दुर्घटनामा २६ जना यात्रुको ज्यान गएको थियो ।


 चारै जनाको सनाखत
जाजरकोटमा विहिवार भएको वस दुर्घटनामा परी मृत्यु भएका चार जनाको सनाखत भएको छ । नेपालगन्जवाट रुकुमको राडीवजार तिर १० जना यात्रु र ३ जना गाडीका स्टाफ वोकेर गइरहेको पुर्व पस्चिम यातायातको भे १ ख १३२९ नम्वरकोे वस भेरी नगरपालिका १ रिम्नाको पिपरी भीरवाट भेरीमा खस्दा मृत्यु भएका मध्य जगदुल्ला गाउँपालिका वडा नम्वर ४ डोल्पाका ५२ बर्षिय मुनवहादुर वोहरा, त्रिपुरा सुन्दरी नगरपालिका ८ डोल्पाका ३१ बर्षिय लाल बिक, खजुरा गाउँपालिका २, बाँकेका २१ बर्षिय वसका सहयोगी हरिवहादुर रावत र बडैयाताल गाउँपालिका २ बर्दियाका ३२ बर्षिय वसका सहचालक सागर भन्डारी लगाएत चारै जनाको सनातखत भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले वताउनु भयो ।


वस दुर्घटनामा ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा वसका चालक सल्यान सल्लीवजारका मोहन राना, कोहलपुर नगरपालिका २ बाँकेका भरत चन्द, भेरी नगरपालिका १ पिपेकी पन्चकली राना, आठ्वीसकोट ११ पश्चिम रुकुमका लालवहादुर थापा मगर, आठवीसकोट नगरपालिका ६ पस्चिम रुकुमका धिरेन्द्र वोहरा र डिल्लीवहादुर वोहरा, नलगाड नगरपालिका ५ थरुपाटाका विवस वोहरा, वारेकोट गाउँपालिका वडा नम्वर २ का जयराम विक, जगदुल्लला गाउँपालिका वडा नम्वर ४ डोल्पाका ११ वर्षिय बालक जीतवहादुर वोहरा रहेका छन् ।
घाइते मध्य गम्भीरु अवस्था भएका ३ जना भरत चन्द, लालवहादुर थापा, विवश वोहरालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
अन्यको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएकी पन्चकली राना, डिल्लीबहादुर बोहरा उपचार पछि घर गइसकेको प्रहरी निरीक्षक कार्कीले वताउनु भयो । गुणस्तर हिन सडक, तिव्र गति तथा चालको लापरबाहिका कारण वस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः ३ फाल्गुन २०७५, शुक्रबार १७:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *