भष्ट्राचार अन्त्य नभसम्म समृद्धि आउदैन – पूर्वप्रधानमन्त्री भट्टराई

बद्री पन्त
जाजरकोट १०, फागुन
जाजरकोट— नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधान मन्त्री डाक्टर बाबुराम भट्टराईले भष्ट्राचार अन्त्य नभएसम्म देश विकासमा समृद्धि नआउने बताएका छन ।
नयाँ शक्ति पार्टी नेपाल जाजरकोटले विहिबार जाजरकोट खलंगामा गरेको असल राजनिति र समावेशी विकासका लागि जन सम्वाद कार्यक्रममा धारणा राख्दै नेता भट्टराईले यस्तो कुरा बताएका हुन ।
देशको महत्वपूर्ण संवैधानिक निकाय न्यायलय तथा अख्तीयार भष्ट्राचारको अखडा बन्दै गएकोमा यसमा सवैले चासो दिनु पर्ने बताए । दुई तिहाइको कम्युनिस्टको सरकार हुँदा देशमा चरम व्यापार घाटा बढेको र लगानी घटेको समेत बताए ।


आफू प्रधानमन्त्री हुँदा ल्याइएको मध्यपहाडी लोकमार्गको निर्माण छिटो पूरा गर्न भट्टराईले सरकारको ध्यानाकर्षण पनि गराएका छन । मध्यपहाडी लोकमार्ग छिटो सञ्चालनमा ल्याउन सकेनौं भने पहाडी जनसंख्या बसाइँ सरेर सकिन्छ,’ भट्टराईले भने, सडकको पहुँच बढाएर उद्योग र व्यवसाय पनि चलाएर अर्थतन्त्र उकास्नुपर्छ भट्टराईले भने ।
कम्युनिस्ट मोडलबाट विकासमा फडको मार्न नसकिने बताउँदै वर्तमान दुई तिहाईको सरकारको कामबाट पनि त्यो प्रमाणित भएको भट्टराईको तर्क थियो । भट्टराईले आर्थिक विकासका लागि माक्र्सको मोडल पुरानो भएको पनि टिप्पणी समेत गरे । आधारभूत विकासका लागि मात्र माक्र्सवाद उपयुक्त भएको भट्टराईको भनाइ थियो ।
राज्यव्यवस्था परिवर्तन भइसकेकाले आर्थिक विकासका लागि श्रमको सम्मान गर्ने संस्कृति थालनी गर्नु पर्ने भट्टराईले आग्रह गरे । प्रचण्ड र आफुले एउटै गाडिमा यात्रा गरेको प्रचण्ड गन्तव्यमा पुग्न नसकेर विचमै एमालेको गाडिमा चढेको तथा आफुमात्र गन्तव्यमा पुगेको बताए ।
ओली सरकारले पानीजहाजको कुरा गरेर देशमा समृद्धि नआउने समेत बताए । पहिला सबै बस्तीमा सहजै पुग्ने बाटो बनाऔं, शिक्षा र स्वास्थ्य सेवा दिऊँ,’ भट्टराईले भने, ‘अहिले पानीजहाज ल्याएर मात्र समृद्धि भित्रने होइन ।’ समृद्धिका लागि जनता धनी बनाउन उत्पादन र उद्योग बढाउनुपर्ने उनले बताए ।
नयाँ शक्ति पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रीत असल राजनीति र समावेशी विकासका लागि जनसञ्चार अभियानका क्रममा भट्टराई जाजरकोट पुग्नु भएको हो । भट्टराईको साथमा हिशीला यमी लगाएत दुई दर्जन नेता कार्यकर्ता जाजरकोट पुगेका थिए ।

प्रकाशित मितिः १० फाल्गुन २०७५, शुक्रबार ०९:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *