नलगाडकी मोती विक न्याय खोज्दै सदरमुकाममा

जाजरकोट १०, फागुन
जाजकोट—नलगाड नगरपालिका ७, खगेनकोटकी २५ बर्षिया मोती विक गाउँबाट एक दिन हिडेर न्यायको खोजीमा सदरमुकाम आएकी छिन् । श्रीमानले दिनहुँ कुटपिट तथा यातना दिन थालेपछि न्याय माग्न सदरमुकाम आएकी हुन् ।
श्रीमान भीमबहादुर विकले विगत १० बर्ष देखि शारीरिक तथा मानसिंक यातना दिदै आएको उनले बताईन । श्रीमानको यातना खेप्न नसकेर आफु न्यायको लागि खलंगा आएको बताइन् । न्याय समिति, गाउँका भद्रभादमी तथा प्रहरी चौकी दल्ली, मैदेमा उजुरी दिदा पनि न्याय नपाएको उनले बतान् ।
श्रीमानले मदिरा सेवन गरेर घरमा आएर यातना दिने गरेको उनले बताइन् । श्रीमानले दाउराले त कती हानेहाने गन्ती छैन, ६ महिना अघि खुकुरीले हान्दा छलेर बचे, खुकुरी घरको बान्डोमा लाग्यो उनले भनीनन ।


मलाई अहिलेसम्म छिमेकी महिला दिदि बहिनीले बचाएका छन उनको भनाइ छ । जेठो छोरा ९ बर्ष अघि पेटमा हुदा श्रीमानले कुटपिट गरेको उनले सुनाईन । अहिले १० बर्ष भयो मैले श्रीमानको यातना सहदै आएको अब कती सहने गाह्रो भयो, उनीबाट छुटिन चाहान्छु उनले भनीनन् । राम्रै होला भनेर १५ बर्षको उमेरमा विहे गरियो अहिले आएर यस्तो दुः खभयो उनले भनीनन ।
पटकपटकको यातना सहन नसकेर आफुले एक साता देखि घर छोडेर बाहिर बस्दै आएको उनले बताइन् । न्याय नपाएसम्म गाउँ नजाने उनको भनाइ छ । गाउँ गए मलाई मार्छ, मलाई न्याय दिलादिनोस आखाँबाट आसु झार्दै उनले भनीनन् । उनका दुई छोरा छन् ।
जेठो छोरा ९ बर्ष र कान्छो छोरा ५ बर्षका छन् । छोरा छोडेर आफु न्यायको खोजीमा आएको उनले बताइन । घरमा खाने, बस्ने समस्या छ । श्रीमानको कुटाइले जीउ भरी निलडाम परेको देखाउदै मलाई न्याय चाहियो उनले भनिन् । शुक्रबार निवेदन दिन उनी प्रहरी कार्यालय पुगेकी छन । जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले मोतीलाई न्याय दिलाउने बताउनु भयो ।
जिल्लामा घरेलु महिला हिंसाका घटना बढेका छन् । महिलाहरुको अवस्था नाजुक छ । मदिरा सेबन नै महिला हिंसाको मुख्य कारण रहेको नेपाल महिला संघ जाजरकोटका सचिव सरीता सिंहले बताउनु भयो । धेरै महिलाहरु घरेलु हिंसाबाट पिडित छन सिंहले बताउनु भयो ।

प्रकाशित मितिः १० फाल्गुन २०७५, शुक्रबार १३:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *