कुशे गाउँपालिकाको सहयोगमा बन्यो विद्यालय

बद्री पन्त
जाजरकोट ११, फागुन ।
जाजरकोट —कुशे गाउँपालिकाको आर्थिक सहयोगमा ३ कोठे विद्यालय भवन र खेलमैदान निर्माण भएको छ । कुशे ५, पाँचकाटीया स्थित रामचन्द्र प्राथामिक विद्यालयको भवन तथा खेल मैदान (फिल्ड) निर्माण भएको हो । खेल मैदान बनेपछि विद्यालयका बालवालिकाहरुलाई सहज भएको छ ।
उक्त विद्यालयमा खेलमैदान अभाव हुदा बालवालिकाहरुलाई दैनिक प्राथाना लाइन लाग्न समस्या थियो । बालवालिकालाई अतिरिक्त क्रियाकलाप गर्न समस्या हुन्थ्यो विद्यालय प्रधानाध्यापक निमबहादुर वलीले बताउनु भयो । गाउँपालिकाको २१ लाख लागतमा उक्त खेलमैदान निर्माण भएको वलीले बताउनु भयो ।


खेलमैदान १ सय ४० मिटर लम्बाई र ७० मिटर चौडाईको रहेको वलीले बताउनु भयो । विद्यालयमा आधुनिक खेलमैदान बनेपछि दैनिक प्रथाना गर्न, अतिरिक्त क्रियाकलाप, भलिबल, फुटबल, लामो दुरीका दौड लगाएत खेलकुद सन्चालन गर्न सहज होस भनेर यो बर्ष विद्यालयमा फिल्ड गर्न २१ लाख वजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिनु भयो । गाउँपालिकाबाट गत बर्ष १३ लाख लागतमा ३ कोठे विद्यालय भवन निर्माण गरेको अध्यक्ष बस्नेतले बताउनु भयो । आगामी बर्ष विद्यालयको घेराबार निर्माणमा वजेट व्यवस्था गर्ने पनि बस्नेतको भनाई छ । शैक्षिक सुधारका लागि गाउँपालिकाबाट कुनै पनि कसर वाँकी नराख्ने अध्यक्ष बस्नेतको भनाई छ ।
रामचन्द्र प्राथामिक विद्यालय पाँकाटीयामा १ सय १६ जना विद्यार्थी बालबालिका रहेका छन । गाउँपालिकाबाट यसबर्ष देखि बालविकास केन्द्रमा एक जना शिक्षिका र एक जना शिक्षकको व्यवस्थापन गरेपछि विद्यालयको शैक्षिक सुधारमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । भिरालो जमिन भएको कारण लागत बढी लागेको हो ।

प्रकाशित मितिः ११ फाल्गुन २०७५, शनिबार ०७:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *