जुरेलीको एनसेल टावरमा आगजनी

जाजरकोट, ११ फागुन ।
जाजरकोटको नलगाड नगरपालिका–१ जुरेली स्थित एनसेलको टावरमा गएराती आगजनि भएको छ । उक्त एनसेलको टावरमा कसले आगजनि गर्यो भन्ने कुराको अहिलेसम्म पुष्टी हुन सकेको छैन् ।
अज्ञात समुहले गएराती उक्त एनसेल टावरमा आगजनि गरेपछि रातीको ११ बजेतिर स्थानीय गएर आगो निभाएको प्रहरी नायव उपरिक्षक स्याम खत्रीले जानकारी दिए । घटना हिजो साँझकै भएको भएतापनि भौगलिक रुपमा विकट भएको हुदा प्रहरीलाई विहान मात्र जानकारी भएको जिल्ला प्रहरी प्रमुख खत्रीको भनाई रहेको छ ।
आगजनि गरिएको एनसेलको टावरमा ठुलो क्षेती हुनवाट स्थानीयले बचाएको बताईएको छ । उक्त टावरमा जडान गरिएका ७ वटा सोलार सेट तोडफोड हुनुको साथै लगाएको आगोवाट सोलार तारहरु जलेर नष्ट भएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटाईएको प्रहरी टोली घटना स्थलमा पुगिसकेको भएता पनि थप जानकारी प्राप्त हुन अझै केहि समय लाग्ने डिएसपी खत्रीको भनाई रहेको छ ।

प्रकाशित मितिः ११ फाल्गुन २०७५, शनिबार १६:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *