विद्यालयलाई निःशुल्क पानी शुद्ध गर्ने मेसिन

बद्री पन्त जाजरकोट २०, फागुन
जाजरकोटका ६ वटा विद्यालयले ५० हजार मुल्य पर्ने पानी शुद्धिकरण गर्ने क्लोरिन मेकर मेसिन निःशुल्क पाएका छन् । नलगाड नगरपालिका ३, ४ र ६ का प्राथमिक, निम्न माध्यामिक र माध्यामिक विद्यालयले मेसिन पाएका हुन् ।


नलगाड ३ कट्केको कैलास कन्या आधारभुत विद्यालय, करुवाको करुणादय प्राथमिक विद्यालय, चावलेचौरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय र कैनाको सूर्योदय माध्यामिक विद्यालयलाई मेसिन प्रदान गरिएको छ ।
यस्तै वडा नम्वर ६ थाप्लाको निर्मल ज्योति आधारभुत विद्यालय र वडा न -४ लहँको भानुभक्त माध्यामिक विद्यालयलाई पनि मेसिन वितरण गरिएको हो ।


बेलायतमा बस्ने युवा पर्यटन विद् बिशु सिजालीले ति विद्यालयहरुलाई पानी शुद्ध गर्ने उपकरण निशुल्क दिएका बीबीसीमा कार्यतर पत्रकार प्रकाश पन्तले बताए ।


नलगाड नगरपालिका- ३, कैनामा भएको निःशुल्क स्वास्थ्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष कुलमणी देवकोटाले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई मेसिन हस्तान्तरण गरेका हुन ।


पहिलो चरणमा ६ वटा विद्यालयलाई मेसिन सहयोग गरिए पनि निकट भविस्यमा सवै सामुदायिक विद्यालयलाई मेसिन उपलव्ध गराउने कार्यक्रम रहेको पर्यटन विद् सिजालीले बताए । यो मेसिनले विद्यार्थीले प्रयोग गर्ने खानेपानीलाई शुद्धिकरण गरेर उनीहरुलाई पानीजन्य रोग लाग्नबाट बचाउने पनि उनले बताए ।


क्लोरिन मेकर मेसिन हस्तान्तरण गदै महासंघका प्रदेश अध्यक्ष देवकोटाले मेसिनको सही सदुपयोग गर्न सुझाव समेत दिए । दुर्गम गाउँका विद्यालयलाई निशुल्क मेसिन दिनु आफैमा ठुलो उपलव्धी भएको उनले बताए ।


पानी शुद्ध गर्ने मेसिन पाउँदा निकै खुशी लागेको उल्लेख गदै विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुले मेसिनको सही रुपमा सदुपयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।


महासंघका कर्णाली प्रदेश अध्यक्ष कुलमणी देवकोटा, प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी, नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेतका अध्यक्ष तेजकुमारी जिसी, समाजसेवी दिपक पन्त, पर्यटन विद् विशु सिजालीले भानुभक्त माध्यामिक विद्यालयका अध्यक्ष समेट रहेका नगर प्रमुख टेकबहादुर रावल, सूर्योदय माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक नरबहादुर शाही र औसी घर्ती, कैलास कन्या आधारभुत विद्यालय कट्का अध्यक्ष आनन्द ओली, करुणादय प्राथमिक विद्यालय करुवाका शिक्षक प्रेमबहादुर थापा, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चावलेचौरका प्रधानाध्यापक गोरख पुन र अध्यक्ष मनबहादुर बिष्ट तथा निर्मल ज्योति आधारभुत विद्यालय थाप्लाका व्यवस्थापन समितिका सदस्य हिरालाल रावतलाई हस्तान्तरण गरेका थिए ।


विद्यालयलाई पानी शुद्ध गर्ने मेसिन निःशुल्क उपलव्ध गराउन बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले पहल गरेका हुन् । सिजालीले यस भन्दा अघि सुर्खेत लगायत तराईका विभिन्न जिल्लामा झन्डै ५० भन्दा बढी विद्यालयलाई उक्त मेसिन हस्तान्तरण गरिसकेका छन् ।

प्रकाशित मितिः २० फाल्गुन २०७५, सोमबार २०:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *