नीरज खत्री
जाजरकोट २१, फागुन
नेपाली कांग्रेस छेडागाड नगर कार्य समितिको आयोजनामा १० र ११ नम्बरको वडामा बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउँ जागरण अभियानका क्रममा गएको शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विकास र समृद्धिका लागि काँग्रेसले भबिष्यको कार्यदिशा निर्धारण गर्ने आधारको खाका गाँउ गाँउ बस्ती बस्ती बाट निश्चित गर्न बृहत भेलाको आयोजना गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बेदराज सिंह, विशेष अतिथि बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाह, कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत अथितिहरु पुर्व पार्टी सचिव कल्दर सिंह, महासमिति सदस्य गिता शाही, पार्टी क्षेत्रिय सभापति कालिबहादुर खत्री नेविसंघ अध्यक्ष ललित बस्नेतलगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले निकट शिक्षक संगठनका लालबहादुर खत्री, युवासंघका जिल्ला सदस्य ज्योति किरण केसी लगायतका दर्जन नेता कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका गाँउ कार्यसमिति सभापति दिपाराम जैसीले बताए ।
गाँउ जागरण अभियान अन्तर्गत कार्यक्रममा नवप्रवेसीहरुलाई माला र अविर लगाएर स्वागत गर्दै गरिएको थियो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अव गाँउ गाँउ र बस्ती बस्ती विकास र समृद्धि कांग्रेस डटेर अगाडि बड्ने बताए ।
नवप्रवेशी लालबहादुर खत्रीले आफु कम्युनिस्ट पार्टी रहँदाको दुखेसो पोख्नु भयो ।