सिरक र डस्न पाउँदा खड्का दंग

बद्री पन्त
जाजरकोट २२, फागुन ।
जाजरकोट — छेडागाड नगरपालिका ११, झाप्राका ७६ बर्षिय विजे खड्कालाई घरमा सहारा दिने कोही छैन । उनी एक्लो जीवन विताउदै आएका छन । खड्काको लागि मिठो खाने, राम्रो लाउँने त परकै कुरो छ । आगो बाल्ने सलाई तथा लाईटर नहुदा ३ दिनसम्म भोकभोकै बस्नु परेको पिडा उनले सुनाए ।
घरमा नखाने अन्न छ न ओर्ने ओछ्याउँने कपडा छ त केवल जीउमा एक सरो कपडा मात्र । यसैगरी जीवन विताउँदै आएका छन उनी । घरमा आफ्न्त कोही छैनन् उनले भने । छिमेकीको सहायतामा दैनिक गुजारा चलेको छ । ४५ बर्ष भारतमा विताइयो, बुढेसकामा घर आइयो के गर्ने घरमा आफ्न्त कोही छैनन्, एक्लो जीवन काट्नु परेको उनले बताए ।


गत शनिबार खड्का घर नजिकै मिल बजारको बाटोमा बसेर चिसोले लगलग काम्दै थिए । खड्काको यस्तो अबस्था देखेपछि कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले खड्काको अबस्था बुझन खोज्नु भयो । खड्काले भने के गर्ने बाबु घरमा कोहि छैन, ओर्नेओछ्याउने, आगोबाल्ने सलाई छैन । सलाई नहुदा ३ दिन त भोकै बसे मेरो मर्म बुझ्ने कोही छैन उनले भने ।
खड्काको कुरा सुनेपछि अध्यक्ष बस्नेतले भन्नु भयो, बुवा म तपाईको लागि एउटा सिरक र एउटा डस्न किनिदिन्छु हुन्छ ? खड्काले जवाफ दिए हुन्छ बाबु मेरा लागि तपाई त भगवानै आउनु भयो । लगतै अध्यक्ष बस्नेतले थलहबजारबाट सिरक र डस्न किनेर ल्याउन लगाउनु भयो । खड्काले सिरक र डस्न पाए हर्षित हुदै भने आज त आरामले निर्दा पर्छ । बाबुको आयु बढोस म जस्तै बुढाबुढीहरुको सेवा गर्दै जानु चिरञ्जीवी हुनु खड्काले आर्शिबाद दिए । झाप्राबासीले अध्यक्ष बस्नेतको उच्च प्रसन्सा गरेका छन ।

प्रकाशित मितिः २२ फाल्गुन २०७५, बुधबार ०४:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *