भेरी नदीको बगरमा सुन खानीको संभावना

जाजरकोट, जेठ २ – जाजरकोट सदरमुकाम खलंगा नजिकै धल्लास्थित भेरी नदीको बगरमा सुन खानीको संभावना देखिएको खोजतलासमा संलग्न कम्पनीले जनाएको छ ।

वेगप्रसाद अर्याल सुन खानी खोजतलास कम्पनी धरान ७ सुनसरीको नामबाट काम गरिरहेका चिनियाँ प्राविधिकले सुन खानीको संभावना औल्याएका हुन ।प्राविधक समेत रहेका चिनियाँ नागरिक सङपिङ्गले सुनखानीको संभावना देखिएको दावी गर्नुभयो । उहाँले डेढ सय फिट तलसम्मको अवस्थाको अध्ययन गरिरहेको जानकारी दिनुभयो । ड्रिल गरेर निकालिएका विभिन्न खनिज तथा कंक्रिटहरु चीन पठाएर आवश्यक अन्नुसन्धान गर्ने काम भैरहेको उहाँले दोभासेमार्फत जानकारी दिनुभयो । ‘अहिलेसम्मको अवस्था सकारात्मक देखिएकोले हामीले अझै लगानी गर्ने निधो गरेका छौं’ उहाँले भन्नुभयो ‘पहिलो चरणमा ६करोड रुपैयाँसम्म खर्च हुन्छ होला ।’download

खानी तथा भुगर्भ विभागवाट सुनखानीको खोजतलासको अनुमति लिएर नेपाली कम्पनीको  नामवाट चिनियाँहरुले काम गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । चिनियाँ नागरिकको नेतृत्वमा नेपाली मजदुरले पनि खानी खोज्ने काम गरिरहेका छन् ।

गत पुसमा पहिलो पटक जाजरकोट आइपुगेको चिनियाँ टोली धर्मश्री नामक कम्पनीको नामबाट खोजतलासको अनुमति लिएर जाजरकोट आएको हो । खानी खोज्ने काम सुरु भएको केही समयपछि स्थानीय प्रशासनले कागजातसहित उपस्थित हुन टोलीलाई निर्देशन गरेपछि टोली केही समय काम स्थगित गरेर फर्किएका थिए । कम्पनीको काम गर्ने म्याद समाप्त भएको र आवश्यक कागजात लिएर मात्र काम गर्न प्रशासनले निर्देशन दिएपछि टोली एक महिना मात्र काम गरेर फर्किएको थियो ।

टोली ३ महिनापछि फेरि जाजरकोट आएको छ । टोलीले आफ्नै लगानीमा खानीस्थल सम्म पुग्ने २ किलोमिटर बाटो बनाएको छ ।  हाल सुन खोजतलास गर्ने स्थल धल्लामा विभिन्न उपकरणहरु जडान गरी रहेको प्रहरी नायव उपरिक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । कम्पनीले खोजतलासकोे काम फेरि सुरु गर्न अझै केही समय लाग्ने मल्लको भनाई छ ।

नदीको वगरमै सुन खानी खोजी रहेको कम्पनीले भेरी नदीलाई नै डाइभर्सन गरेर वर्षादको समयमा पनि नियमित काम गर्ने योजना बनाएको छ । स्थानीयबासिन्दाको आग्रहमा  ५ किमी मोटर वाटोको स्तरोन्नती तथा राम जानकी प्राविको चार कोठे भवन निर्माण गरिदिने कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः ४ जेष्ठ २०७३, मंगलवार ०८:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *