फड्को मादै कुशे गाउँपालिका

बद्री पन्त
जाजरकोट २९, फागुन ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे गाउँपालिकाको विकासको गतिले तिव्रता लिएको बताए । अहिलेसम्म भएका कामहरुको बारेमा जानकारी दिन मंगलवार आयोजित पात्रकार सम्मेलनमा अध्यक्ष वस्नेतले स्थानीय तहको निर्वाचन भएदेखि हालसम्म सय किलोमिटर भन्दा बढी सडक खनेको, सामुदायिक विद्यालयमा पढेर माध्यमिक तह पास गरेका कुसे गाउँपालिकाकाका स्थानीय एक जना विद्यार्थीलाई वार्षिक रुपमा एमवीवीएस डाक्टर पढाउने व्यवस्था मिलाएको बताए ।


विभिन्न समस्यामा परेका गाउँलेलाई तत्काल राहत दिन कार्यविधि वनाएर राहत व्यवस्थापन कोषको स्थापना गरिएको, अप्ठेरो अवस्थामा पुगेका सुत्केरी, कुनै दुर्घटना, महाामरी र अन्य विपतमा परेकाहरुलाइ हेलिकोप्टरवाट गाउँपालिकाको खर्चमा उद्धार गरि जीवन वचाउने काम गरिएको, जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै उनीहरुलाइ विभिन्न राहत तथा सहयोग सामाग्रीहरु वाँडिएको गाउँपालिकाले जनाएको छ ।
जनताको घरदैलोमै सरकारी सेवा पुरयाउन पटक पटक घुम्ती शिविर सन्चालन गरिएको, शिक्षक नभएका विद्यालयहरुमा शिक्षण अनुदान दिएर ८१ जना शिक्षकको व्यवस्था गरिएको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
स्थानीय तहको निर्वाचन भएदेखि हाल सम्म गाउँपालिकाले विभिन्न क्षेत्रको विकासका लागि गरेका जनतामुखी काम र परिवर्तनको अवस्थावारे जानकारी दिए ।


पत्रकार सम्मेलनमा पत्रकारहरु प्रश्नहरुको जवाफ दिदै अध्यक्ष वस्नेतले सवै राजनैतिक दलहरुको सल्लाह र सहकार्यमा आफुले काम गरिरहेको र केहि असमझदारी भए आपसी वार्ता र सम्वादका माध्यमवाट टुंग्याउने उल्लेख गरे ।
पत्रकार सम्मेलनमा अहिलेसम्म स्थानीय तह सन्चानलका लागि संविधानको अधीनमा रहि विभिन्न ९ वटा कानुनहरु निर्माण गरेको, २६ वटा विद्यालय भवनहरु निर्माण गरेको, ९ वटा विद्यालयलाई नमुना विद्यालय वनाउने काम सुरु गरेको समेत बताए । जिल्लास्थित विभिन्न मिडियामा आवद्ध दर्जन वढी पत्रकारहरुको उपस्थितिमा गाउँपालिकाको वजेट, कार्यक्रम, गतिविधिहरु र लक्षका वारेमा अध्यक्ष वस्नेत सहित प्रमुख प्रशासकीय अधिकृत स्यामकृष्ण पौडेलले पत्रकारहरुको विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।

कुशे गाउँपालिकाको वडा नम्वर ८ र ९ मा रहेको कुशे पाटन, पैंकको मष्टामन्दिर क्षेत्र, ५ मा रहेको पाँचकटिया पर्यटकीय क्षेत्र लगाएतलाई उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने तर्फ पनि आफुहरुले उचित वजेट कार्यक्रम निर्माण गरेको पनि अध्यक्ष वस्नेतले बताए ।
नेकपाका नेता कार्यकर्ताहरुले केहि माग राखेर वुझाएको ज्ञापनपत्रका वारेमा आफुहरुले गाउँ सभावाट केहि निर्णयहरु गरेको र राजनैतिक पुर्वाहग्रह नराखेर माग पुरा गर्न आफुहरु तयार रहेको उनले बताए ।
गाउँपालिकाको केन्द्र कुशे ६ भार्मामा गाउँपालिकाका ३६ कोठाको ६ वटा भवनहरु एक करोड ३२ लाखको लागतमा निर्माण गरिएको छ । केहि समय भित्रै वैंक स्थापना गरेर सवै कामहरु गाउँपालिकाको केन्द्रवाटै गर्ने गरि आफुले तयारी गरेको पनि अध्यक्ष वस्नेतको भनाई छ ।
यस वर्ष चालु र पुजीगत गरि गाउँपालिकाको वजेट ३२ करोड ५० लाख रहेको पत्रकार सम्मेलनमा बताएको छ ।

प्रकाशित मितिः २९ फाल्गुन २०७५, बुधबार ०६:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *