बारेकोटमा नागरिकताको घुम्ती शिवीर

बद्री पन्त
जाजरकोट २९, फागुन
जाजरकोटको बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रसासन कार्यालय जाजरकोट समनन्वयमा बुधबार देखि ३ दिने नागरीता परिचय पत्र वितरण घुम्ती शिबीर सन्चालन भएको छ । दुर्गमका जनतालाई घर आँगनमै नगरीता लगाएत सरकारी सेवा प्रवाह गर्ने उदेश्यले शिवीर आयोजना भएको हो ।


नागरिक्ता वितरण, अपांगहरुलाई परिचय वितरण, फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता लगाएत सेवा प्रदान गरिने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । अध्यक्ष शाहका अनुसार २९ गते वडा नम्वर १,२ र ३, ३० गते ४,५ र ६, १ गते ७,८ र ९ वडाका जनतालाई सेवा दिने व्यवस्था मिलाइएको बताउनु भयो ।


स्थानीय सरकारका कामहरुलाई जनमुखी वनाउन आफुहरुले विशेष शिविर मार्फत सेवा जनताकै घरआँगमा दिन लागेको शाहले बताउनु भयो । बारेकोट ४ की विजकली विकले ६० बर्षको उमेरमा नागरिता बनाउन पाउदा खुसी व्यक्त गर्नु भयो । गाउँपालिका केन्द्र लिम्सामा विहान देखि नै नागरिता बनाउनेको भीड लागेको छ । नागरीता वितरण गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतित्वको टोली बारेकोट पुगेको छ ।

प्रकाशित मितिः २९ फाल्गुन २०७५, बुधबार ११:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *