बारेकोटका स्वास्थ्यकर्मीलाई तालिम

बद्री पन्त
जाजरकोट ३०, फागुन ।
बारेकोट गाउँपालिकाको लिम्सामा बुधबार देखि स्वास्थ्यकर्मीका लागि तीनदिने रेकडिङ्ग तथा रिपोटिङ्ग सम्वन्धी तालिम सन्चालन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आयोजनामा तालिम आयोजना भएको हो ।


तालिमको उद्घाटन गर्दै बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले स्वास्थ्यकर्मीहरुले आफ्नो तोकिएको जिम्मेवारी पुरा गर्नु पर्ने बताउनु भयो । विरामीहरुलाई सेवा दिने काम देखि स्वास्थ्यको रेकडिङ्ग तथा रिपोटिङ्ग सहि व्यवस्थापन गर्नुपर्ने शाहले बताउनु भयो ।
स्वास्थ्य संस्थामा औषधी कमी हुन नदिन गाउँपालिकाबाट औषधीको व्यवस्थापन मिलाइएको पनि शाहले बताउनु भयो । कुनै पनि विरामी औषधी उपचारबाट सेवाबाट बन्चित भएमा त्यसको जिम्मेवारी स्वयम स्वास्थ्यकर्मीले नै लिनु पर्ने अध्यक्ष शाहको भनाइ छ ।
तालिममा खोप, क्षेयरोग, कुष्ठरोग, पोषण, सुरक्षित मातृत्व, एच.आई.भी, परिवार नियोजन सम्बन्धी कार्यक्रमको रेकडिङ्ग तथा रिर्पाेटिङ्ग सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई जानकारी दिन तालिम आयोजना गरिएको हो ।
तालिममा बारेकोटका ४ वटा स्वास्थ्य संस्था र ६ वटा सामुदायीक स्वास्थ्य इकाइका प्रमुख तथा स्वास्थ्यकर्मीहरु सहभागी तालिमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका भानु ज्वती वली र नरेन्द्र भट्टले गर्नु भएको छ ।

प्रकाशित मितिः ३० फाल्गुन २०७५, बिहीबार १०:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *