बद्री पन्त
जाजरकोट २, चैत ।
जाजरकोटको बारेकोट गाउँपालिका ८, लैखमकी ६८ बर्षीया भिउसरी खत्रीको भीरबाट लडेर मृत्यु भएको छ । गाउँ नजिकैको रापानी भीरमा खर घा“स काट्ने क्रममा खत्रीको लडेर मृत्यु भएको हो । घा“स काट्ने क्रममा उक्त भीरबाट एक्कासी ४ सय मीटर तल खस्दा खत्रीको घटनास्थलमै मृत्यु भएको स्थानीय रामचन्द शर्माले बताउनु भयो । रापानी भीरबाट स्थानीय बर्षेनी लडेर मर्ने गरेका छन ।
रापानी भीरबाट लडेर ५÷७ बर्षको अवधी दर्जन बढी स्थानीयले ज्यान गुमाएको शर्माले जानकारी दिनु भएको छ ।