आगलागीबाट दुई घर जलेर नष्ट

बद्री पन्त
जाजरकोट २, चैत ।
जाजरकोटको बारेकोट गाउँपालिका ८, छुतीपाल्तीमा आगलागी हुदा स्थानीय बादी रावल र चन्द्रबहादुर रावललको दुई घर जलेर नष्ट भएका छन् । आगालागीबाट घरभित्र रहेको अनाज, भाडावर्तन, लत्ताकपडा लगायत जलेर नष्ट भएको छ ।
सोलार ब्याट्री पड्केर आगालागी हु“दा क्षेति भएको वडा अध्यक्ष लालभक्त सिंहले बताउनु भयो । स्थानीयले आगलागीबाट गाउँका अन्य घरहरु जल्नबाट बचाएको अध्यक्ष सिंहले बताउनु भयो । आगलागी दिउसोको समयमा भएकोले मानबीय क्षेति नभएको हो ।

प्रकाशित मितिः २ चैत्र २०७५, शनिबार १६:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *