७४१ जनालाई घरदैलोमै नागरिकता

बद्री पन्त
जाजरकोट २, चैत
जाजरकोटको बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा पहिलो चरणमा संचालित घुम्ती शिविरमा ७ सय ४१ जनाले नागरिकताको प्रमाण पत्र वितरण, ७ सय ८० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले बताउनु भयो ।


शिबीर ४ सय ३० जना महिला, ३ सय ११ जना पुरुषले नागरिकता बनाएका छन भने ४ सय १० जना महिला र ३ सय ७० जना पुरुषले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भयो ।
शिवीरमा १७ वटा पसल र ५ वटा होटेल दर्ता भएका छन । पहिलो चरणको घुम्ती शिविरमा १,२,३,४,५ र ६ वडाका बासिन्दालाई गाउँपालिका केन्द्रबाट सेवा दिइएको थियो ।
दोस्रो चरणको घुम्ती शिवीर ७, ८ र ९ वडाका बासिन्दाको लागि ३ र ४ गते ८ को वडा कार्यालय सेपुखोलाबाट नागरिकता, फोटो सहितको मतदाता नामावली, घरेलु उद्योग व्यवसाय दर्ता लगाएतका सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भएको छ । घरदैलोमै सरकारी सेवा पाएपछि बारेकोटबासी हर्षित भएका छन् ।

प्रकाशित मितिः २ चैत्र २०७५, शनिबार १९:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *