नागरिकको गुनासो सुन्न जाजरकोटका प्रजिअ गाउँमा

बद्री पन्त
जाजरकोट ३, चैत ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले यतिवेला “घर आँगनमा सेवा, सुशासनलाई टेवा” कार्यक्रम संचालन गरिरहेको छ । यसैक्रममा बारेकोट गाउँपालिकाको आयोजनाका तथा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर संचालन गरेर घरदैलोमै नेपाली नागरिकताको परिचय पत्र वितरण गरेको छ ।
फोटो सहितको मतदाता नामावली संकलन, व्यवसाय दर्ता लगाएतका सेवा प्रवाहका काम घुम्ती शिविरका माध्यामबाट बारेकोट गाउँपालिकामा संचालन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाको नेतृत्वमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण, फोटो सहितको मतदाता नामावली संकलन र व्यवसाय दर्ता जस्ता कामको लागि घुम्ती शिविर संचालन भएको छ भने, प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा बारेकोट गाउँपालिकाको लिम्सामा शनिवार घुम्ती शिविर उपभोक्ता सचेतना सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।


सुशासन प्रबद्र्धन गर्नका लागि सरकारी कार्यालयबाट प्रवाह गरिने बस्तु तथा सेवाकाबारेमा नागरिकलाई जानकारी गराउने उदेश्यले बारेकोटको लिम्सामा आफै पुगेर उपभोक्ता सचेतना सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको प्रजिअ बस्नेतले बताउनु भयो ।
उक्त उपभोक्ता सचेतना सार्वजनिक सुनुवाई कार्यक्रममा २ सय सहभागि बारेकोटबासीले बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सामा रहेको कृषि विकास बैंक असुरक्षित रहेको बताएका थिए । बैंक तथा गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको लिम्साको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न प्रहरी चौकीको सहभागिले माग राखेका थिए । त्यसैगरि बारेकोट गाउँपालिकामा व्यवस्थित टेलिफोन सेवाका माग राखेका थिए ।
त्यसैगरि बारेकोटबासीले प्रजिअ बस्नेतसंग सालट्रेनिङ्क कर्पोरेसनले वितरण गर्दै आएको आयोडिन नुन बारेकोटी जनताले खानपाउने कहिले ? भनेर प्रश्न गरेका थिए । जिल्ला सदरमुकाम खलंगा, नलगाड नगरपालिकाको दल्ली र छेडागाड नगरपालिकाको थलहबाट मात्र सालट्रेनिङ्क कर्पोरेसनले वितरण गर्दै आएको आयोडिन नुन बारेकोट गाउँपालिकाका जनताले पनि उपभोग गर्न पाउनु पर्ने माग राखेका थिए ।
त्यसैगरि बारेकोट गाउँपालिकाको विभिन्न जंगलमा पाईने बहुँमुल्य जडिबुटीको अबैध खनखोर्सन, चोरी निकासी गर्ने, बन्यजन्तुहरुको हुने चोरी सिकारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भनेर उक्त घुम्ती शिविर उपभोक्ता सचेतना सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले प्रश्न गरेका थिए । पलानिङ्ग गर्नेहरु जिल्लाको भुगोल र अबस्थाका बारेमा जानकारी राख्नु पर्ने बताउदै जनताका माग विकट भएता पनि बारेकोटको लिम्सामा आफु पुगेको प्रजिअ बस्नेतको भनाई थियो ।
बारेकोटको बस्तु स्थितको बारेमा जानकारी लिन प्रजिअ बस्नेत, जिल्ला समन्वय समितिका सदस्य कल्दर सिंह, राष्र्टि«य अनुसान्धानका अनुसन्धान अधिकृत सन्जीव शाह, डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मन्जुर अहमद लगाएतको सरकारी टोली शनिबार बारेकोट पुगेको थियो ।

प्रकाशित मितिः ३ चैत्र २०७५, आईतवार ०६:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *