जाजरकोट कारागारलाई किताब

बद्री पन्त
जाजरकोट ७, चैत ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआईजी महेश विक्रम शाहले बुधबार जाजारकोट कारागारलाई किताब हस्तान्तरण गर्नु भएको छ । समुदाय प्रहरी साझेदारीमा कारागारलाई किताव अभियान अन्र्तरगत जाजरकोट कारागारलाई किताब हस्तान्तरण गरीएको हो ।


कारागारका कैदी बन्दीहरुले जेल जीवनलाई सकारात्मक रुपमा बुझ्नुपर्ने डिआईजी शाहको भनाई रहेको थियो । कारागारका बन्दीहरुले जेललाई अध्ययन थलोमा बदल्नुपर्ने धारणा राख्दै कारागारका बन्दीहरुको अर्को संसार किताबमा छ डिआईजी शाहले भन्नु भयो ।
कर्णाली प्रदेशका सबै जिल्ला कारागारमा लाईबेरी स्थापना गर्ने योजनामा रहेको र जाजरकोट कारागारमा पहिलो चरणमा ७ सय ८५ वटा किताबहरु रहेको लाईवेरी स्थापना गरिएको डिआईजी शाहले बताउनु भयो ।
जाजरकोट कारागारमा स्थापना गरिएको लाईवेरीलाई व्यवस्थित परिचालन गर्नका लागि बन्दी कुशबहादुर महतराको अध्यक्षतामा ६ सदस्य बुक क्लब गठन गरिएको छ । कारागारमा ५७ जना कैदी बन्दीे रहेका छन ।

प्रकाशित मितिः ७ चैत्र २०७५, बिहीबार १४:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *