खलंगा बजार अनुगमण

बद्री पन्त
जाजरकोट १०, चैत
स्वच्छ खानपीनमा जोड दिनु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन । जाजरकोट सदरमुकाम खलंगामा शुक्रवार कृषि प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको आयोजनामा खाद्य स्वच्छता सम्बन्धी उपभोक्ता भेला कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।


मानिसले दैनिक प्रयोग गर्ने तथा खाने वस्तु हो भनेर सवै प्रकारका परिकारहरु खाने गरेका छन । मानिसले खाने सवै वस्तुलाई परिक्षण गरेर प्रयोग गर्नु पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापाले बताउनुभयो ।


मानिस लगाएत पशुपंन्छीले खाने दाना पनि परिक्षण गरेर खुवाउनु पर्दछ, परिक्षण नगरेर खुवाउदा पशुपन्छी विरामी हुने र मानिसले मासु खादा विरामी भएको जनावरको मासुले मानिसमा रोग सर्ने भएकाले अनिवार्य रुपमा परिक्षण गरेर मासु खाना थापाले सुझाव दिनु भयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले खाद्य वस्तु वजारमा कस्तो विक्री वितरण भएको भन्ने विषयमा समय समयमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमण भइ रहेको र व्यवसाय सन्चालन गर्दा दर्ता गरि सरसफाईलाई पनि महत्व दिएर स्वच्छ खाद्य परिकार खुवाउन खाना प्रजिअ बस्नेतले सवैलाई आग्रह गर्नु भयो । कार्यक्रममा सरकारी कार्यलयका प्रमुखहरु, उपभोक्ता, होटेल व्यवसायी तथा पत्रकार लगाएत ६५ जनाको सहभागिता रहेको थियो ।


बजार अनुगमण
कार्यक्रम पछि खलंगा बजारका होटेल तथा उद्योगको अनुगमण गरिएको थियो । भेरी नगरपालिका ४, शान्तिचौतारा स्थित आर. एस. डी. बेकरी उद्योग लगाएत होटलहरु दर्ता गरे नगरेको स्वच्छ तरिकाले परिकार निर्माण भए नभएको बारेमा अनुगमण गरिएको थियो ।
अनुगमणका क्रममा निमित्त कार्यालय प्रमुख थापाले जेरी पकाउदा रंग हालेर नपकाउन यस्तो परिकारले मानिसमा रोग लाग्ने भएकोले ढुसी लागेका वस्तु प्रयोग नगर्न आग्रह गर्नु भयो ।


बस पार्कमा रहेको रुकुमेली होटलबाट रंग प्रयोग गरेर पकाएका जेरी नष्ट गरिएको थियो । उद्योग होटल संचालन गरेका व्यक्तिहरुले सरसफाइमा ध्यान नदिदा आफनो स्वस्थ्य लगाएत खाद्य वस्तु प्रयोग गर्ने सवैलाई हानि पुरयाउने भएकोले यस्ता वस्तु निर्माण गर्न सरसफाईमा ध्यान पुरयाउनु पर्ने थापाले वताउनु भयो ।
आर. एस. डी.वेकरी उद्योगकालाई सरसफाइ लगाएत कुरामा ध्यान दिन थापाले सुझाव दिनु भयो । दैनिक प्रयोग हुने पाउरोटी खस्ता कपकेक केक क्रिम लगाएतका सामाग्री उत्पादन तथा विक्री वितरण गर्दा उपभोक्ताहरुले स्वच्छ बस्तु उपयोग गर्दा विशेष ध्यान दिनु पर्ने थापाले बताउनु भयो ।


उत्पादन गरेका वस्तु चेक जाँच गर्न नाप तौल विभागमा लिए परिक्षण गरेर मात्र बजारमा लिनु पर्ने हुन्छ जाजरकोटमा यस्तो भेटिएन थापाले भन्नु भयो । पहिलो पटक भएकाले होटेल पसल लगाएतको अनुगमण गरेर केहि सुझाव दिइएको छ, दोस्रो पटक अनुगमण गर्दा सुझाव कार्यान्वयन नभए तथा अटेरी गरेमा कानुनी प्रक्रिया अगाडि बढाउने निमित्त प्रमुख थापाले भन्नु भयो । २५ बर्ष पछि जाजरकोटमा कृषि प्रविधी तथा गुण नियन्त्रण विभागले उपभोक्ता भेला कार्यक्रम तथा बजार अनुगमण गरेको छ ।
यस अघि बाँकेमा कृषि प्रविधी तथा गुण नियन्त्रण विभागको कार्यालय हुदा जाजरकोट लगाएत जिल्लाको कुनै पनि अनुगमण निरिक्षण हुन नसकेको बताइएको छ । अव डिभिजन कार्यालय सुर्खेतमा स्थापना भएको छ, काम गरेर देखाउने निमित्त प्रमुख थापाले भन्नु भयो ।

प्रकाशित मितिः १० चैत्र २०७५, आईतवार १३:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *